×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

मुख्यमन्त्रीले भने– कोरोना रोक्न प्रदेशमा स्वास्थ्य सामग्रीको अभाव छ

२ चैत्र २०७६

२ चैत, काठमाडौँ ।
कोरोना (कोभिड १९)बाट हुुन सक्ने सम्भावित दुर्घटनाको नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको प्रदेश सरकारहरुले बताएका छन् । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रदेश सरकारका मुख्य मन्त्रीहरुले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको बताएका हुन् ।

नजिकको बजारमा तत्काल स्वास्थ्य सामग्रीहरु उपलब्ध नहुने र खरिद प्रकृया पनि झण्झटीलो र जटिल भएकाले छोटो विधिबाट खरिद गर्ने व्यवस्था मिलाउन उनिहरुले आग्रह गरेका छन् । त्यस्तै स्वास्थ्यकर्मिहरुको बीमा देखि अन्य सामाजिक सुरक्षाका कुराहरु व्यवस्थित गर्न समेत माग गरेका छन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबाहदुर शाहीले भाइरस परिक्षणका लागि काठमाडौं ल्याउनुपर्ने अवस्थामा देशभर कोरोना भाइरस फैलिएमा सम्भव नहुने भन्दै प्रत्येक प्रदेशमा एकवटा ल्याबको व्यवस्था गर्नुपर्ने माग राखेको बताए । उनले उपचारमा प्रयोग हुने सवास्थ्य सामग्रीको अभाव भएको र कोरोना संक्रमण भएकालाई उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले व्यवस्थित ढंगबाट संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वय गरेर प्रभावकारी रुपबाट सावधानी अपनाउने र उपचारको लागि तयारी गर्ने विषयमा छलफल केन्द्रीत भएको बताए ।

Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संघ, प्रदेश र स्थानीय तहले कोरोना भाइरस संक्रमणबाट बच्न अझ प्रभावकारी रुपमा काम गर्ने एकवद्धता जनाएको बताए । उनले नागरिक सचेतना कार्यक्रम गर्ने, कोरोना भाइरसबाट संक्रमण भएको पाइए उपचारलाई व्यवस्थित बनाउने, नाकाको आवगमनमा निगरानी र कडाई गर्ने विषयमा छलफल भएको बताए । उनले स्वास्थ्य निगरानी र प्रयोगशालाको स्थितिलाई अझ सुदृढ पार्दै लैजाने र सातै प्रदेशमा प्रयोगशाला बनाउने तर्फ योजनावद्धरुपमा काम अगाडि बढाउने निर्णय भएको बताए । त्यस्तै आपूर्ति व्यवस्थालाई सहज र नियमित राख्न तीन वटै तहबाट नियमित अनुगमनको काम गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।

Advertisement

बैठकमा अन्तर्राष्ट्रिय नाकाहरुमा र हवाई अड्डाहरुमा अपनाइएको सुरक्षाको विषयमा समेत छलफल भएको थियो । त्यस्तै प्रदेशहरुमा आइसोलेटेड बेडहरुको व्यवस्था गर्ने विषयमा गरिएको तयारीका विषयमा मुख्यमन्त्रीहरुले जानकारी गराएका थिए । त्यस्तै क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा गरिएको पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top