२ चैत, काठमाडौँ ।
दक्षिण एसियाली मुलुकहरु विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण विरुद्ध साझा रुपमा लड्न ऐक्वद्धता जनाएका छन् । कोरोना भाईरस विरुद्ध साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आईतबार भएको भिडियो कन्फरेन्समा दक्षिण एसियाली मुलुकले कोरोना भाइरस संक्रमण नियन्त्रणको अभियानमा जुट्न ऐक्यवद्धता जनाएका हुन् ।
उनीहरुले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरेका छन् । कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले कारोना भाईरस विरुद्धको अभियानमा साझा रुपमा लड्नका लागि आपतकालिन कोष स्थापनाको प्रस्ताव गर्दै सो कोषमा भारतले ११ अर्ब ८० करोड नेपाली रुपैयाँ राख्ने घोषणा समेत गरे । आपतकालिन कोषमा जम्मा भएको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखेका छन ।
कोरोना भाईरस संक्रमण विरुद्ध लड्नका लागि भारतले गरेको आपतकालिन कोष स्थापनामा अन्य सदस्य राष्ट्रले समर्थन जनाएपनि पाकिस्तानले भने समर्थन जनाएको छैन ।
पाकिस्तानका स्वास्थ्यराज्यमन्त्री डाक्टर जफर मिर्जाले महामारीको रुपमा फैलिएको कोरोना संक्रमणसंग जुध्नका लागि र आपतकालिन सहयोग आदान प्रदानका लागि गरिने क्षेत्रिय सहयोग र सहकार्यलाई सार्क सचिवालय मार्फत नै गर्न सुझाएका छन । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले आवश्यक टेष्ट किट सहित भारतले विशेषज्ञ संलग्न र्यापिड रेस्पोन्स टिम बनाएको जानकारी दिदै आवश्यक परे अन्य देशलाई सहयोग गर्न पनि तयार रहेको बताए ।
यस्तै श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षले श्रीलंकामा कोरोना संक्रमण नरहेको र सम्पुर्ण नाकाहरु बन्द गरेर आवश्यक सर्तकता अपनाईएको बताए । इटली र दक्षिण कोरियामा ठूलो संख्यामा आफ्ना नागरिक रहेको भन्दै उनले स्वदेश फिर्ता भएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको बताए ।
बंगलादेशकी राष्ट्रपति शेख हसिनाले सबै अन्तराष्ट्रिय विमानस्थलहरुमा कोरोना संक्रमण परीक्षणको व्यवस्था मिलाईएको र सर्वसाधरणलाई आवश्यक हाईजेनिक खाना खान सचेत गरिएको बताइन । राष्ट्रपति हसिनाले भारतीय प्रधानमन्त्रीले लिएको सक्रियतालाई धन्यवाद दिदै कोष र प्राविधिक कार्यदलमा बंगलादेश सहभागी हुने प्रतिवद्धता जनाए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना संक्रमणको उच्च जोखिमा रहेकाले मुलुक भित्रन नदिन आवश्यक पहल गरेको र पुर्व सर्तकताका लागि सम्पुर्ण शक्ति लगाएको बताए । उनले कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिषा दिन स्थगित गरिएको श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले महामारीलाई रोक्नका लागि सार्क मुलुकहरुबीच संयुक्त प्रयास हुनु जरुरी रहेको भन्दै आपतकारीकालिन सहयोग कोष स्थापनाको प्रस्तावलाई स्वागत गर्दे सो कार्यमा नेपाल पनि सहभागी हुने प्रतिवद्धता जनाए ।
भुटानका प्रधानमन्त्री डाक्टर लोतेया त्शेरिङले सबै महामारी सबैका लागि चुनौति भएको र संक्रमणको जोखिमले कुनै पनि भुगोल वा सिमा नरहने भएकाले सबैले संक्रमण विरुद्धको तयारीमा सचेत हुनुपर्र्ने बताए ।
अफगानिस्तानका प्रधानमन्त्री असरफ घानी ले आउदा ६ महिना भरि नै कोरोना भाईरसको संक्रमण प्रति गम्भीर हुनुपर्ने भन्दै भारतले गरेको आपतकालिन कोष र प्राविधिक टाक्स फोर्स गठनको स्वागत गरे ।
मालद्विप्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले कोष गठनको प्रस्तावको समर्थन गर्दे आफ्नो देशले प्रविधि र सामाग्री लगायतमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीचको भिडियो कन्फरेन्स १ घण्टा ३५ मिनेट चलेको थियो ।