३ चैत्र, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन कलाकारहरुलाई अपिल गरेको छ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा हातेमालो गर्न विश्वका चर्चित कलाकार, खेलाडी र प्रतिष्ठित व्यक्तिलाई आग्रह गरेका हुन्।
जसमा बलिउडका दुई अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणलाई महानिर्देशक एधानोमले डब्लूएचओको सेफ ह्याण्ड अर्थात हात धुने सचेतना अभियानमा सघाउन अपिल गरेका छन्।
महानिर्देशक एधानोमले कोरोनाबाट बच्न सामाजिक सञ्जाल ट्वीटरमा सेफ ह्याण्ड अभियान चलाएका छन्। यो अभियानलाई साथ दिँदै सचेतना फैलाउन उनले प्रियंका र दीपिकालाई मेन्सन गर्दै अनुरोध गरेका छन्। हात धुने अभियान अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ।