भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हनेको संख्या ३ पुग्यो, सङ्क्रमण बढेपछि ताजमहल बन्द

४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ । योसंगै भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

Advertisement

महाराष्ट्रका ६४ वर्षीय वृद्धको ज्यान गएको हो । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

यसअघि सोमबार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्यान गएको थियो । नेपाल रहेको सार्कका आठ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।

Advertisement

यसैबीच भारतले कोरोना भाइरसको सङ्क्रमण बढेपछि ताजमहल बन्द गर्ने घोषणा गरेको छ । दैनिक ७० हजार मानिस पुग्ने गरेको ताजमहलमा कोरोना फैलिने जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।

भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र एक सय १३ जना उपचाररत छन् ।

Advertisement

यस्तै अमेरिकामा थप सात जनाको र दक्षिण कोरियामा थप ६ जनाको ज्यान गएको छ । मध्य एसियाको काजकिस्तानमा दुई वर्षीया बालिका सहित तीन जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top