गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने सरकारको तयारी

६ चैत, काठमाडौँ । सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो ।

यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ । गम्भीर अपराध बाहेक लागुऔषध दुव्र्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो । बुधबार मात्रै सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निर्देशन दिएको थियो।

बिहीबार मात्रै प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ। कारागार तथा बालगृह अनाथलयहरुमा मानिसहरुको भीडभाड भएकाले त्यसको संख्या घटाउन के–के गर्न सकिन्छ भनेर गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top