उदाउँदो सुर्यलाई अर्घ दिएर चैते छठ सम्पन्न

९ चैत ७४, शनिबार

विराटनगर, चैत १०
चैते छठ पर्वमा आज श्रद्धालु भक्तजनहरुले उदाउँदो सुर्यलाई अर्घदिएर छठ समापन गरेका छन् । ब्रतालुहरुले विराटनगरको सिंघीया र केशलिया खोला सहित पायक पर्ने जलाशयहरुमा उदाउँदो सूर्यलाई आज विहान अर्घ दिएर छठ समापन गरेका हुन् ।

चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैते छठको आज चौथो दिन महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लाका जलाशयमा उदाउँदो सूर्यलाई अर्य अर्पण गरिएको छ । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैते छठका व्रतालहरु हिँजो निराहार कठोर व्रत बसेका थिए ।

गत बुधबार चैत शुक्ल चौथीका दिन पवित्र स्नान गरेर ‘नहाय खाय’ विधिबाट व्रतालुले यसपालिको चैते छठ पर्वको संकल्प गरेका थिए । व्रतालुले बिहिबार पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अलिनो खिर इष्टदेवतालाई चढाएर प्रसादस्वरुप खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

Advertisement

यस पर्वमा षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र फलपूmल देखाएर अघ्र्य दिइन्छ । शुक्रबार निराहार व्रत बसेका व्रतालुले रातभरि जाग्राम बसेर आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीले अघ्र्य दिएपछि पर्व सम्पन्न सम्पन्न भयो ।

वर्षमा शरदीय र वासन्ती गरी दुई पटक छठ मनाइने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छैठलाई शारदीय र चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई चैते छठ भन्ने गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top