Nepal Times
Nepal Times
3
Shares

नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढ्यो

नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढ्यो

झापा, चैत १०
नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढेसँगै भद्रपुरमा प्रहरीले निगरानी बढाएको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ भन्सार छली तस्करीको माध्यमबाट लैजादै गरेको अवस्था प्रहरीले लत्ताकपडा, हार्डवेयरका सामान र स्याउ बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर र सीमामा तैनाथ सशस्त्र प्रहरीको टोलीले संयुक्त रुपमा भद्रपुर ४ स्थित डाँगीबारीबाट आज ३ सय केजी स्याउ बरामद गरेको छ ।

३५ हजार मुल्य बराबरको स्याउसहित प्रहरीले तस्करीमा प्रयोग गरिएको ५ थान साइकल समेत नियन्त्रणमा लिएको वडाका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.