विराटनगर, चैत १०
चैते छठ पर्वमा आज श्रद्धालु भक्तजनहरुले उदाउँदो सुर्यलाई अर्घदिएर छठ समापन गरेका छन् । ब्रतालुहरुले विराटनगरको सिंघीया र केशलिया खोला सहित पायक पर्ने जलाशयहरुमा उदाउँदो सूर्यलाई आज विहान अर्घ दिएर छठ समापन गरेका हुन् ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैते छठको आज चौथो दिन महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लाका जलाशयमा उदाउँदो सूर्यलाई अर्य अर्पण गरिएको छ । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैते छठका व्रतालहरु हिँजो निराहार कठोर व्रत बसेका थिए ।
गत बुधबार चैत शुक्ल चौथीका दिन पवित्र स्नान गरेर ‘नहाय खाय’ विधिबाट व्रतालुले यसपालिको चैते छठ पर्वको संकल्प गरेका थिए । व्रतालुले बिहिबार पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अलिनो खिर इष्टदेवतालाई चढाएर प्रसादस्वरुप खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
यस पर्वमा षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र फलपूmल देखाएर अघ्र्य दिइन्छ । शुक्रबार निराहार व्रत बसेका व्रतालुले रातभरि जाग्राम बसेर आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीले अघ्र्य दिएपछि पर्व सम्पन्न सम्पन्न भयो ।
वर्षमा शरदीय र वासन्ती गरी दुई पटक छठ मनाइने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छैठलाई शारदीय र चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई चैते छठ भन्ने गरिएको छ ।