प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम लगायतका बिषयमा शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

यो प्रकोप र संभावित जोखिमको सामना गर्न सरकारले गरेका तयारीलगायतका विषयमा प्रधानमन्त्री ओलीले संवोधन गर्न लागेका हुन्।

Advertisement

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाटै काम गरिरहेका छन्।

सरकारले कोरोना संक्रमण फैलिन नदिन २५ जनाभन्दा धेरै भेला नहुने, शिक्षण संस्था बन्द गर्ने, अन्तराष्ट्र्रिय आवातजावात बन्द गर्ने निर्णय गरिसकेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top