अस्पतालहरुलाई तत्काल गर्नुपर्नेबाहेकका अपरेसन र स्वास्थ्य परीक्षण नगर्न निर्देशन

७ चैत ७६, शुक्रबार
Share this
686shares

७ चैत, काठमाडौँ ।
अस्पतालहरुलाई तत्काल गर्नेपर्ने ठम्याइएकाबाहेक अपरेसनहरु चैत मसान्तसम्म नगर्न निर्देशन दिईएको छ ।

Advertisement

कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणसँग जुध्नका लागि अस्पतालहरुलाई शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिँदै राजधानीका ५० शय्याभन्दा बढी क्षमता भएका अस्पतालहरुलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण पनि सो समयसम्मका लागि स्थगित गर्न निर्देशन दिएको हो ।

त्यस्तै कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु घर जाँदा उनीहरुको परिवारमा रहेका वृद्धवृद्धा र बालबालिकामा जोखिम बढी हुने हुँदा उनीहरुले चाहे अस्पतालले छुट्टै आवास उपलब्ध गराउनु पर्ने पनि निर्देशन दिइएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालका अनुसारे कोभिड १९ को नमुना परीक्षण गर्न योग्य ठहरिएका वीर, धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न पनि निर्देशन दिएको छ। परीक्षणका लागि यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहजीकरण गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top