भद्रपुर–१० खुला दिशामुक्त वडा घोषित

९ चैत ७४, शनिबार

झापा, चैत १०
झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिका कार्यालयले वडा नम्बर १० लाई खुला दिशामुक्त वडा घोषणा गरेको छ । यही चैत २२ गते झापालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तरगत भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडा नम्बर १० लाई खुल्ला दिशामुक्त वडा घोषणा गरेका हुन् ।

साविक चन्द्रगढी गाविस १, २, ६ र ७ हाल भद्रपुर वडा नम्बर १० मा १ हजार ९ सय ९ घरधुरी रहेका छन् । ७ हजार ६ सय ७१ जनसंख्या रहेको यस वडामा जातिय र भाषागत रुपमा मिश्रित बसोबास रहेको छ ।

त्यसमध्ये २०७४ साल असार १ गतेको तथ्यांक अनुसार १ सय ४४ घरधुरी शौचालय विहिन रहेका थिए । विपन्न, असहाय तथा अशक्त परिवार रहेका ५३ घरधुरीलाई वडा कार्यालयको पहलमा विभिन्न संघसंस्थाले शौचालय निर्माण गरेपछि खुल्ला दिशामुक्त वडा घोषणा गर्ने सफल भएको नगरका अभियानकर्ता फणिन्द्र दाहालले जानकारी दिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top