तेह्रथुम, चैत १०
तेह्रथुम जिल्लाबाट यो वर्ष २ करोड रुपैंया वढीको अकवरे खोर्सानी जिल्ला वाहिर निर्यात भएको छ । व्यवसायिक अकवरे खोर्सानी खेतीमा लागेका किसानले जेठदेखि फागुन महिना सम्ममा २ करोड १० लाखको खोर्सानी निर्यात गरेका हुन् ।
अलैची र अदुवा पछि जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अकवरे खोर्सानीको विरुवा, फल र वियाँ विक्री गरेर किसानले यति धेरै रकम गाउँमै भित्र्याएका हुन् ।
तेह्रथुमका गाउँमा उत्पादित अकवरे खोर्सानीको माग धेरै आउन थालेपछि किसानले यस वर्ष खोर्सानी खेतीको क्षेत्रफललाई दोव्वर वनाएका छन् । तेह्रथुममा उत्पादित खोर्सानी पुर्वी तराई र काठमाडौं, पोखरा लगायतका वजारमा निर्यात हुने गरेकोे स्थानीय ब्यापारी बताउछन ।
अकवरे खोर्सानी स्थानीय वजारमा प्रतिकेजी ३ सयदेखि ४ सय ५० रुपैंया सम्ममा विक्री भैरहेको छ । अकवरे खुर्सानी तेह्रथुमका ६ ओटै स्थानीय तहमा व्यवसायीक रुपमा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।