आज केहि ठाउँमा चट्याङसहित पानी पर्ने

७ चैत ७६, शनिबार

८ चैत्र, काठमाण्डौ ।
आज दिउँसोपछि केहि ठाउँमा चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

स्थानीय वायुसँगै पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। चट्याङसहित परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उनको भनाइ छ ।

यस्तै नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्ने पनि उनले बताइन । उनका अनुसार यसकै प्रभावले अबको दुई तीन दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्दैन ।

Advertisement

बिहान मौसम सफा हुने र दिउँसोपछि हावाहुरी चलेर मेघगर्जनसहित पानी पर्नु प्रि–मनसुनको विशेषता हो । अहिले प्रि–मनसुन चलिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top