विराट गोल्डकप फुटबल प्रतियोगिताको ८० प्रतिशत तयारी पुरा

९ चैत ७४, शनिबार

विराटनगर, चैत १०
चैत १७ देखिहुने विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि धमाधम तयारी भइरहेको छ । प्रतियोगिताका लागि मैदानदेखि लिएर व्यवस्थापनसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्याराफिट डिभाईड, मैदान तयार, प्रवेशद्धार निर्माण, भीआईपी लाउन्ज, रातिका लागि लाइट र सीसी क्यामेरा जडान, स्टेज सजावट लगायतका काम धमाधम भइरहेका छन् ।

प्रतियोगिताको पाँचौं संस्करण रुपमा चैत १७ देखि २६ गतेसम्म गोल्डकप हुँदै छ । विराटनगरको प्रतिष्ठासंग जोडिएको गोल्डकपलाई व्यवस्थित रुपमा आयोजना र सम्पन्न गर्नका लागि २६ वटा उपसमितिहरु गठन गरिएका छन् ।

Advertisement

प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टिमले सहभागिता जनाउने छन् । पूर्वघोषित बंगलादेशी टिम भने नआउने भएको छ । बंगलादेश नआउने भएपछि भारतकै दुईवटा टिम गोल्डकपमा आउने भएका छन् । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिम सहभागी हुँदैछन् ।

२०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो । गोल्डकपमा उद्घाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । आयोजकले दर्शकलाई आकर्षित गर्नकै लागि रात्रिकालीन खेल खेलाउन लागिएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top