विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, चैत १०
आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । यस वर्ष ‘आजको आवश्यकताः क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।

नेपालमा अझै २८ हजारभन्दा धेरै क्षयरोगीले उपचार नपाएको तथ्यांक रहेको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् । जसमध्ये ३१ हजार ७ सय ६४ जना उपचारमा छन् ।

नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने र उनीहरुमध्ये १३ हजार जना उपचारको दायरामा नआउने गरेको तथ्याङ छ । क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्भेको काम पनि भइरहेको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठन डब्लुएचओको आह्वानमा रहेक वर्ष मार्च २४ का दिन क्षयरोगका बारेमा जनचेतना फैलाउने र यसविरुद्ध एकजुट हुने उद्देश्यका साथ दिवस मनाइन्छ ।

सन् १८८२ मा डा. रोबर्ट कोचले टिबी लाग्ने ब्याक्टेरिया पत्ता लगाएको दिनको सम्झनामा दिवस मनाउन थालिएको हो । टिबीका कारण सन् २०१६ मा विश्वमा १८ लाख मानिसको ज्यान गएको थियो भने एक करोड ४ लाख नयाँ बिरामी भेटिएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top