×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रहरी र पत्रकार नै लुटेरा , हिरा लुट्ने ४ जना पक्राउ

१० चैत्र २०७६

१० चैत, मकवानपुर ।
हिरा लुटपाटमा संलग्न तीन जना प्रहरी सहित ४ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले लुटपाटमा संलग्न ३ प्रहरी र १ पत्रकारसहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय २ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङको सिजुवा गाउँपालिका १ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका सुजन आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ५ चौकिटार गोगने बस्ने धनलक्ष्मी गुरुङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरु आइतबार साँझ हिरा लुटी फरार भएका थिए ।

Advertisement
Advertisement

Advertisement

लुटपाटको खबर पछि ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक बिकासकुमार तामाङको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई थाहा नगरपालिका वडा नं. ३ स्थित थाना बजारमा हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश ३—०१—०२२ च ३३६२ नं. को कार समेत नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइने प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top