Nepal Times
Nepal Times
3
Shares

लालुप्रसाद यादवलार्ई सात वर्षको जेल सजाय

लालुप्रसाद यादवलार्ई सात वर्षको जेल सजाय

एजेन्सी, चैत १०
भारत, बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलार्ई पशुदाना घोटालाकान्डको चौथो मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । राँचीको विशेष अदालतले लालुलाई दोषी ठहर गर्दै ३० लाख भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ ।

यस कान्डमा जोडिएका मुद्दाहरुमा लालुविरुद्धको यो सबैभन्दा ठूलो सजाय हो । पशुदाना घोटालाकाण्ड सन् १९९० को दशकमा सार्वजनिक भएको थियो ।

त्यसबेला लालु बिहारका मुख्यमन्त्री थिए । सन् १९९५ देखि जनवरी १९९६ बीच राज्य कोषबाट ३ करोड १३ लाख भारु घोटाला भएको थियो । यो मुद्दामा लालुसहित ३१ आरोपित थिए ।

पशुदाना घोटालाकाण्डमा दोषी ठहरिएपछि लालु चुनावमा उठ्न नपाउने भएका छन् । सन् २०१३ मा पहिलोपटक यस काण्डमा लालु दोषी पाइएका थिए र पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.