सर्वसाधारणलाई राहत दिन पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य १५ रूपैयाँले घटायो

१२ चैत, एजेन्सी । पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य १५ रूपैयाँले घटाएको छ । पाकिस्तानको केन्द्रीय सरकारले मंगलबार पेट्रोलियम पदार्थमा १५ रूपैयाँ घटाउने घोषणा गरेको हो। पेट्रोलियम पदार्थमा सर्वसाधारणलाई राहत दिन सरकारले ७० बिलियन रूपैयाँको प्याकेज छुट्याएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मंगलबार प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसको महामारीसँग जुध्नका लागि गरेका घोषणाहरूमध्यबाट पेट्रोलियम पदार्थको मूल्य १५ रूपैयाँले घटाउने निर्णय गरेको हो।

त्यहाँ अहिले मूल्य घटाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ६० पैसामा झरेको छ। अर्थात यो रकमलाई नेपालीमा रुपान्तरण गर्दा ७४ रुपैयाँ ३८ पैसा हुन्छ।

यसअघि भने एक लिटरको १११ दशमलव ६० रुपैयाँमा बेच्दै थियो भने डिजेलको मूल्य प्रतिलिटर १२२‍.२६ रूपैयाँबाट घटाएर १०७.२६ रूपैयाँ पुर्‍याएको छ।

पछिल्लो बिनिमयदरअनुसार १ पाकिस्तानी रुपैयाँ बराबर ०.७७ नेपाली रुपैयाँ छ ।

Scroll to Top