अख्तियारका पदाधिकारीले १५ दिनको तलब कोरोना कोषमा जम्मा गर्ने

१४ चैत ७६, शनिबार

१५ चैत्र, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिन बराबरको तलब जम्मा गर्ने भएका छन्।

Advertisement

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार कोरोना भाइरसको विश्व महामारीको वर्तमान अवस्थामा कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पुर्‍याउन आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्त डा. गणेशराज जोशी र आयुक्त डा. सावित्री थापा गुरुङले आफ्नो १५ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेका हुन्।

उनीहरुले शुरु तलब स्केलको १५ दिनको तबल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको बताइएको छ।

Advertisement

त्यस्तै आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीको हकमा नेपाल सरकारको सचिव बैठकको निर्णय बमोजिम तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top