NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
कस्तो आयो बालेन नगरीको बजेट? आइतवार असार २९ , २०८२
युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ? आइतवार असार २९ , २०८२
स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

कोरोना अस्पताल सञ्चालनमा रहेको चितवनमा यस्तो छ अन्य तयारी

शनिबार चैत्र १५ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
कोरोना अस्पताल सञ्चालनमा रहेको चितवनमा यस्तो छ अन्य तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१५ चैत, काठमाडौँ ।

दरिलो इच्छाशक्ति भएपछि कामगर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले कोरोना अस्पताल नै निर्माण गरेर यस्तो उदाहरणीय बनेको हो ।

यहाँका महानगरबासी मात्र नभएर देशका झण्डै २१ जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको यस क्षेत्रमा कोरोना नियन्त्रणका लागि पनि महानगरले छुट्टै अस्पताल सञ्चालनमा ल्याएको छ । यसरी देशमा कोरोना नियन्त्रण तथा निदानका लागि भएका कार्यमा आफ्नै अस्पताल सञ्चालन गर्नेमा देशको एकमात्र महानगरपालिका भरतपुर महानगर भएको छ ।

महानगर आफ्नै नेतृत्वमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याउन सफल भएको हो । यस अभियानमा जिल्लाका सबैको साथ र सहयोग पाएकाले पनि महानगरले ७० श्ययाको अस्पताल सञ्चालन गर्न सकेको हो । यस अस्पतालमा १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको एचडियू (सघन उपचार कक्षमा राख्नुपूर्व बिरामी राख्ने ठाउँ) र ५० साधारण श्यया सञ्चालनमा आएका छन् ।

चितवन उद्योग सङ्घको चितवन प्रदर्शनी केन्द्रका तीनवटा हलमध्ये दुईवटा हललाई अस्पतालका रुपमा स्थापना गरी सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा यो कार्य सम्भव भएको छ । गत हप्तादेखि नै अस्पताल सञ्चालनमा आइसकेको छ । सो क्षेत्रमा अस्पताल बनाउने भनी महानगरपालिकाले निर्णय गरेको ७२ घण्टामा नै अस्पताल निर्माण गरेर सञ्चालनमा नै ल्याइएको छ, जुन कार्यको देशव्यापी रुपमा प्रशंसा पनि भएको छ ।

अस्पतालबाट यही शुक्रबारसम्म एक सय ५१ जनाभन्दा बढीले सेवा लिइसकेका छन् । अहिले अस्पतालमा १९ बिरामी रहेका छन् । महानगरप्रमुख दाहाल ‘मेडिकल सिटी’ भएकाले देशका विभिन्न जिल्लाबाट आउने बिरामीलाई समेत लक्षित गरेर अलग्गै अस्पताल सञ्चालनमा ल्याएको बताउँछिन् । उनले भनिन्, ‘हाम्रो यहाँ सुविधासम्पन्न अस्पतालहरु भएकाले देशका विभिन्न जिल्लाबाट बिरामी आउँछन् । उनीहरुलाई पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो आँट हामीले गरेका हौँ ।’

दाहालको यस अभियानलाई प्रजिअ नारायण प्रसाद भट्टराईदेखि जिल्लाका सरकारी र निजी अस्पताल, मेडिकल कलेजका सञ्चालक एवं चिकित्सक, स्वास्थ्यकर्मीले साथ दिएका छन् । दाहालकै नेतृत्वमा कोरोना नियन्त्रण कार्यदल गठन गरी सोही कार्यदलले अस्पताल सञ्चालन गरेको हो । कार्यदलमा यहाँका निजी क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालका सञ्चालक, सरकारी अस्पतालका प्रमुख, चितवन उद्योग वाणिज्य सङ्घ, चितवन उद्योग सङ्घ, नेपाल चिकित्सक सङ्घका केन्द्रीय प्रतिनिधिलगायत सदस्यमा रहेका छन् ।

कोरोना भित्रिहाल्यो भने तत्काल अस्पताल बनाउन नसकिने भएकाले समयमै सोच गरेर काम शुरु गरेको दाहाल बताउँछिन् । उनका अनुसार स्थानीय मेडिकल कलेज, निजी अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालका जनशक्ति र उपकरणहरु अस्पतालमा राखिएका छन् । खरिद गर्नुपर्ने आवश्यक सामग्रीसँगै कर्मचारीको अतिरिक्त भत्ता, खानपानको व्यवस्थापन महानगरले गरेको छ । महानगरले विकासका कामलाई रोकेर आफ्ना सबै जनशक्ति अस्पतालमा केन्द्रित गराइएको जनाएको छ ।

छोटो अवधिमा काम गरेकाले कमी कमजोरीहरु पनि हुनसक्ने भन्दै प्रमुख दाहालले तर अस्पतालबाट सक्दो सेवा दिइरहेको बताइन् । उनले भनिन्, ‘केही जटिलताका बाबजुत पनि सबैको साथ र सहयोगबाट यसलाई व्यवस्थित गर्दै अघि बढ्न सफल भएका छौँ ।’ उनले भनिन्, ‘यसले सिङ्गो देशलाई राम्रो सन्देश दिएको, इच्छाशक्ति भएपछि जस्तोसुकै काम पनि सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ ।’

विकास बजेट कटौती गरेर भए पनि सम्भावित यो सङ्क्रमणमा पर्नसक्ने नागरिकलाई बचाउने काममा लाग्ने सङ्कल्प गरिएको उनले राखिन् । उनले स्थानीय तहदेखि सङ्घीय सरकारसम्म स्रोत साधन व्यवस्थापन गर्न सहयोग हुने विश्वास लिइएको समेत बताइन् ।

अस्पतालको मेडिकल व्यवस्थापन क्षेत्र हेर्दै आएका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार सोही स्थानलाई विस्तार गरेर तीन सय श्ययासम्मको अस्पताल बनाउन सक्ने ठाउँ रहेको छ । पूर्वमा बिरगञ्जदेखि पश्चिममा धनगढीसम्मका विदेश गएर फर्किएका बिरामीलाई सेवा दिने काम अस्पतालले गरिरहेको छ । चितवनसहित आसपासका जिल्लामा रहेका अस्पतालहरुले कोरोनाको लक्ष्यण देखिएमा यहाँ पठाउने गरेको अधिकारीको भनाइ छ ।

देशका विभिन्न ठाउँमा तन्ना ओच्छाएर भुइँमा बिरामी सुताइरहेका बेला यहाँ विभिन्न समस्याका बाबजुत पनि सेवा दिन सकिएको अधिकारीको भनाइ छ । भर्खर शुरु गरिएकाले सबै सुविधा दिन नसकेको स्वीकार गर्दै उनले सङ्कटमा जे गरिएको छ त्यसले जनता र राज्यलाई सहयोग पु¥याएको बताए । यस अस्पतालमा आएका बिरामीको स्वाब लिएर नियमित रुपमा परीक्षणका लागि काठमाडौँ पठाइँदै आइएको छ ।

हालसम्म यस अस्पतालबाट पठाइएका आठवटा नमूनामध्ये दुईवटाको रिपोर्ट नेगेटिभ आएको छ भने छवटाको आउन बाँकी रहेको छ । नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा.अनिलबिक्रम कार्की भरतपुर महानगरले जुन साहस ग¥यो र यसमा सरोकारवालाहरुको सहयोग भयो यो आफैंमा निकै महत्वपूर्ण रहेको बताउँछन् ।

चिकित्सक स्वास्थ्यकर्मीका लागि सुरक्षित पोसाक (पिपिई) को चिन्ता पनि पूरा भएको भन्दै उनले सङ्घले एक ठाउँमा बिरामीको उपचार होस् भन्ने अपेक्षा गरेकोमा अस्पतालले पूरा गराएको बताए । उनले भने, ‘सबै स्थानीय तहहरुले भरतपुर महानगरको सिको गर्नुपर्छ ।’ जसले जे जति मात्रामा सकिन्छ गरेर अहिलेको सङ्क्रमणमा साथ र सहयोग पु¥याउनुपर्ने कार्कीको भनाइ छ ।

प्रजिअ नारायणप्रसाद भट्टराई जिल्लाका बिरामीहरु उपचारमा आउने मुख्य ठाउँ भरतपुर भएको र यहाँ कोरोनाको विशेष अस्पताल भएकाले मानसिक रुपमा सबैलाई ढुक्क हुने अवस्था उत्पन्न भएको बताउँछन् । अहिलेको सङ्क्रमणमा महानगरको अगुवाइमा उदाहरणीय काम गर्न सकिएको भट्टराईको भनाइ छ ।

महानगरसँगै जिल्लाका पाँच नगरपालिका र एक गाउँपालिका यतिबेला आ–आफ्नो ढङ्गले सङ्क्रमणको रोकथाममा जुटेको उनले बताए । रत्ननगरको गुञ्जमान अस्पताल र बकुलहर अस्पतालमा आइसोलेशन कक्षहरु निर्माण गरिएको छन् । भट्टराईले भने, ‘राज्यले गरेका निर्देशन मानेर सबै एक भएर रोग भित्रिन नदिन जुट्नुपर्ने समय आएको छ ।’

जिल्लामा रहेका विभिन्न अस्पताल र सार्वजनिकस्थलमा गरी पाँच सय ४६ श्ययाको क्वारेन्टाइन तथा आइसोलेशन स्थापना गरिएको छ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ७० श्यया, भरतपुर अस्पताल ३० श्यया, कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेज १०÷१० श्यया तयार गरिएको छ ।

त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरी २० श्यया, सामुदायिक अस्पताल बच्र्यैली १५ श्यया, होटल स्टार बैंकुइट रत्ननगरमा एक सय १५ श्यया, सौराहाको मारुनीमा ३० श्यया, रत्ननगर नगरपालिका–६ मा रहेको हेल्थपोष्टमा १० श्यया रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकामा ६६ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । वडा नं ६ डिजने पार्टी प्यालेसमा २० श्यया, सैनिक आवासीय महाविद्यालय ३२ श्यया, रुरल रिकन्स्ट्रक्शन नेपालमा १४ श्यया र राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माविमा १५ श्यया रहेको छ ।

त्यसैगरी कालिका नगरपालिकाको स्वास्थ्य चौकी भवनमा १० श्यया, आधारभूत मावि जुटपानीमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । माडी नगरपालिकामा माडी मावि र माडी क्याम्पसमा गरी १०५ श्यया, इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १० श्यया र जिल्ला कारागार चितवनमा १५ श्ययाको क्वारेनटाइन स्थापना गरिएको छ ।

चितवन जिल्लालाई मेडिकल सिटीका रुपमा लिने गरिन्छ । यहाँ सरकारी सङ्घीय अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज, २४ भन्दा बढी साना अस्पताल, नेपाल नेत्रज्योति सङ्घको भरतपुर आँखा अस्पताल सञ्चालनमा रहेका छन् ।

राजधानीबाहिरका चितवन निकट जिल्लाका बिरामीहरुको उपचारको केन्द्र भरतपुर हो । यहाँको क्यान्सर अस्पतालमा भारतबाट पनि उपचारका लागि बिरामी आउँछन् । यस जिल्लामा ७६ जिल्लाका नागरिकको बसोबास भएकाले उनीहरुका सम्बन्ध राख्नेहरु उपचारका लागि यहाँ आउने हुँदा बिरामीको निकै चाप हुने गर्दछ ।–नारायण अधिकारी/रासस

लोकप्रीय

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

विचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

थप समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’
ताजा समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
आर्थिक

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
अन्तर्राष्ट्रिय

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
ताजा समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.