×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

रगतको कमी हुन नदिन नियमित रक्तदाता तयारी अवस्थामा

१५ चैत्र २०७६

१५ चैत, काठमाडौँ । 

नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी) लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयम्सेवीलाई तम्तयारी रहन भनेको हो ।

रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयम्सेवीलाई तयारी अवस्थामा राखेको रेडक्रसका सूचना तथा सञ्चार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । ‘हाम्रा धेरैजसो नियमित रक्तदाता भनेका विद्यार्थी हुन् । उनीहरु अहिले घर गएका छन्’, उनले भने, ‘कुनै रगतको समस्या नहोस् भनेर अहिले उपत्यकामा रहेका रक्तदातालाई सम्पर्क गरेर तयारी अवस्थामा बस्न भनेको छौँ ।’ रक्तसञ्चार सेवा केन्द्रसँग अहिले २५ हजार नियमित रक्तदाता रहेका छन् ।

लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएको छ । रेडक्रसमा दैनिक २०० देखि ३०० युनिट रगत सङ्कलन गरेर मौज्दात हुने गरेको थियो तर अहिले लकडाउनका कारण २० युनिट मात्रमा रहेको छ । उहाँका अनुसार चैत ११ गते २४ युनिट, १२ गते १२ युनिट, १३ गते २० युनिट र १४ गते ४१ युनिट सङ्कलन र चैत ११ गते ६२ युनिट १२ गते ४३ युनिट, १३ गते ५३ युनिट र १४ गते ५९ युनिट वितरण गरिएको छ ।

यसैगरी शुक्रबार भक्तपुरमा ३० युनिट सङ्कलन भएकामा ३० युनिट वितरण र ललितपुरमा ११ युनिट सङ्कलन भएकामा १४ युनिट वितरण गरिएको छ । रेडक्रसले प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत ठूला अस्पतालमा रक्तसञ्चार एकाइ रहेकाले आफैँ बिरामीलाई चाहिँ रगत बिरामीका आफन्तबाट लिइरहेको छ ।

सञ्चार शाखाका निर्देशक पौडेलले बिरामीलाई आफ्नो रगत समूह मिल्ने आफन्तलाई समेत सम्पर्कमा राख्न अनुरोध गरिएको जानकारी दिए । ‘सकभर बिरामीलाई आफ्नो रगत समूह कोसँग मिल्छ भनेर आफैँ रक्तदाता खोज्न भनेका छौँ’, उनले भने, ‘जसले गर्दा रगत अभाव हुँदैन । अहिले सट्टामा नै रगत दिनेलिने गरेका छौँ ।’ अहिले नयाँ बिरामी अस्पतालले भर्ना नदिएपछि सुत्केरी, सानो बच्चा र अस्पतालमा भर्ना भएका दीर्घरोगीलाई मात्र रगत खपत भइरहेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा.मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिनका लागि ठाउँठाउँमा मोबाइल टोलीले गएर रगत सङ्कलनसमेत गरिरहेको जानकारी दिए । उनले रगतको माग धेरै नभएकाले रगत सङ्कलन पनि समूह क्लबले बोलाएको अवस्थामा मात्र गरिएको बताए । ‘टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला गाडीले लिएर सोही ठाउँमा गएर रगत सङ्कलन गरिरहेको छौँ’, उनले भने, ‘हिजोमात्र करीब ४० युनिट रगत सङ्कलन भयो ।’

कोही रक्तदाता आफैं नै रक्तसञ्चार सेवा केन्द्रमा पुगी रगत दिने गरेका छन् । उनका अनुसार हिजो केन्द्रमा आएर १७ जनाले रगत दिएका थिए र आज पनि लगनखेलतिर गएर रगत सङ्कलन गरिने जानकारी दिए । सञ्चार सेवाले कोभिड–१९ को सङ्क्रमण नहोस् भनेर रक्तदाता सबै परीक्षण गरेर मात्र रगत सङ्कलन गरिएको छ ।– शरद शर्मा /रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top