×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

विपद्को उडान सारथी बन्दै नेपाल एयरलाइन्स

१७ चैत्र २०७६

१७ चैत, काठमाडौँ । 

नेपाली समाजमा एक सुपरिचित उखान छ– ‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ । यतिखेर यस उखानलाई चरितार्थ गरिदिएको छ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले । विगतमा देश विपत्तिमा परेका बेलाजस्तै हालको ‘कोभिड १९’ महामारीमा पनि निगमकै जहाजले सेवा दिइरहेका छन् । त्यसो त राष्ट्रप्रमुख तथा सरकारप्रमुखका विदेशी राजकीय भ्रमणमा पनि निगमको सेवा उल्लेखनीय रही आएकै छ । त्यसैले पनि राष्ट्रिय ध्वजावाहकको यो सेवालाई समय समयमा नेपालीहरुले ‘आफ्नो भनेको आफ्नै हुन्छ’ भनेर प्रशंसा गर्ने गरेका छन् ।

Advertisement
Advertisement

कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणले अहिले विश्व नै आक्रान्त छ । त्यस महामारीबाट हाम्रो देश नेपाल पनि मुक्त रहन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि त्यसको जोखिममा रहेको घोषणा गरेपछि नेपाल सरकारले पनि यही चैत ११ देखि देशभर ‘लकडाउन’ घोषणा गरेको छ । त्यसकारण अहिले मलुकका आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फका उडान ठप्प छन् । तर नेपालमा विदेशी नागरिकको उद्धार होस् या मेडिकल सामग्रीलगायत आपत्कालीन सामग्रीको स्वदेश तथा विदेशबाट आपूर्तिको जोहो नेपाल एयरलान्सका विमानबाट नै भइरहेको छ ।

शुक्रबार र शनिबार दिनभरजसो नेपालको आकासमा जहाज उडे । लुक्ला, पोखरा, जोमसोमलगायत गन्तब्यबाट विदेशी पर्यटकको उद्धारमा ती जहाज प्रयोग भएका थिए । देश लकडाउनको अवस्थामा रहेको र सबै नागरिक घरमै रहेका बेला निगमका जहाज भने राष्ट्रिय विपत्तिको असल सारथी बनेका छन् । निगमको वाइडबडी ३३० जहाजले यसै मेसोमा आइतबार चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । ती महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री हुन् ।

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चन देशलाई आइपरेको विपत्तिको समयमा होस् वा राष्ट्रप्रमुखको विशिष्ट भ्रमणमा निगमका जहाज प्रयोग हुँदै आएको र यसलाई निगमको दायित्व र जिम्मेवारीका रुपमा लिएको बताउँछन् । उनी भन्छन्, ‘अहिले कोभिड– १९ को महामारीले विश्व नै सङ्कटग्रस्त अवस्थामा छ, यस्तो परिस्थितमा पनि निगमको साथ, भूमिका र दायित्व थप बढेको छ, यस्तो समयाको सेवाले राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रियरुपमै निगमको साख बढाएको छ ।’

वाइडबडी अष्ट्रेलिया र श्रीलङ्का जाँदै

निगमको यतिखेर विदेशबाट स्वास्थ्य सामग्री ल्याउने, नेपालका नागरिकलाई उद्धार उडानबाट सम्बन्धित मुलुकमा लैजाने महत्वपूर्ण जिम्मेवारी आइपरेको छ । निगमले अत्यावश्यक सामग्रीका लागि कार्गो उडान मात्र नभई चीनका विभिन्न गन्तब्य तथा अष्ट्रेलियामा समेत निगमको चार्टर्ड उडान गर्ने तयारी गरिएको प्रमुख जुहार्चनले जानकारी दिए ।

निगमको उडान सेडुअलअनुसार वाइडबडी जहाज आगामी अप्रिल १ तारिखमा अष्ट्रेलिया र २ तारिखका दिन चीनको ग्वाङ्जाओ उडाउने तयारी भइरहेको छ । यी दुवै गन्तब्यमा निगमले सम्बन्धित मुलुकको आग्रहमा चार्टर्ड उडान गर्न लागेको हो । त्यस्तै श्रीलङ्कामा पनि निगको वाइडबडी जहाज पठाइने जनाइएको छ ।

विदेशी नागरिकको उद्धारमा समेत निगमको दायित्व बढेको छ । अहिले दैनिकजसो उद्धार उडान भइरहेको छ भने विदेशीलाई उनीहरुको मुलुकमा लगिदिने जिम्मेवारी पनि निगमलाई थपिएको छ । ‘अहिले हामी असाध्यै कामको चापमा छौँ, सामान्य अवस्थामा भन्दा अहिले धेरै व्यवस्तता बढेको छ । उद्धार उडानका लागि सम्बन्धित मुलुकबाट उडान अनुमतिका लागि पहल र ती मुलुकमा जहाज पु¥याएर ल्याउनु कम चुनौतीपूर्ण जिम्मेवारी हैन’, प्रमुख जुहार्चनले भने ।\

विसं २०७२ मा भारतले गरेको नाकाबन्दीका बेला निगमले आपत्कालीन तथा उद्धार उडान गरेको थियो । त्यसबखत निगमले करिब दुई महिना भारतको कोलकोत्ताबाट हवाई इन्धन ल्याएर आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा सहयोग गरेको थियो । सो समयमा पनि निगमको भूमिकाको उच्च प्रशंसा भएको थियो । विसं २०७६ वैशाख ११ गते राष्ट्रपतिद्वारा भएको चीनको राजकीय भ्रमणमा नेपाल एयरलाइन्सको न्यारोबडी जहाज प्रयोग गरिएको थियो । वैशाखको अन्तिम साता प्रधानमन्त्रीबाट भएको म्यान्मा, कम्बोडिया भ्रमणका बेला पनि निगमको जहाज प्रयोग गरिएको थियो । प्रधानमन्त्री निगमको नियमित उडानबाटै भ्रमणमा गएका थिए ।

पछिल्लो परिवर्तित राजनीतिक परिस्थितमा मात्र नभई विगतका शासन व्यवस्थामा पनि निगमकै जहाज देशका प्रमुखको भ्रमणताका प्रयोग गरिन्थ्यो । तत्कालीन राजा वीरेन्दले पनि विशिष्ट भ्रमणका बेला निगमको जहाज प्रयोग गरेका थिए ।

राज्यको प्रवद्र्धनमा दायित्व बढ्यो

हुनत राष्ट्रिय ध्वजावाहकमा राज्यको लगानी हुने भएकाले आवश्यक परेकाबेला सरकारलाई सहयोग गर्नु स्वभाविक पनि हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले राज्यको लगानीको राष्ट्रिय ध्वजावाहकले सरकारलाई आवश्यक पर्दा सहयोग गर्नु उसको दायित्व भएको बताए ।

उनले भने, ‘निगम सरकारी ध्वजावाहक भएकाले राज्यले संरक्षण गर्नुपर्छ भनेर यस्तै आपत्विपद्का घटनाले पुष्टि गरेको छ, राज्यको हरेक आवश्यकतामा निगमकै जहाज प्रयोग हुने भएकाले यसलाई संरक्षण गरी सबल बनाउन पनि सरकारको दायित्व हो ।’

पूर्वमहानिर्देशक मानन्धरका अनुसार नेपालका मात्र नभई अन्य मुलुकका ध्वजावाहक पनि जस्तोसुकै अवस्थामा उपयोगी हुने गरेका छन् । छिमेकी मुलुक भारतको एयर इण्डिया मात्र नभई मध्यपूर्वी एशियाली मुलुकका कतिपय देशका ध्वजाबाहकको उदाहरणलाई लिन सकिन्छ । निकै धराशयी अवस्थामा पुगेका कम्पनीलाई पनि सरकारले संरक्षण गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काले देश विपत्तिमा परेका बेला निगम जहिले पनि सरकारको सारथी बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै यो सेवा दायित्व पनि भएको बताए ।

संस्थागतरुपमा निगमको आर्थिक भार बढेकाले निगमको संरक्षण प्रवद्र्धनमा सरकारको पनि दायित्व भएको उनको भनाइ छ । निगमका एक उच्च अधिकारीका अनुसार अहिले निगमको नगद प्रवाह कमजोर भएको अवस्थामा सरकारको आर्थिक सहयोग भइदिए निगमलाई आगामी दिन अझ समृद्ध र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । देशमा विभिन्न समयमा आइपर्ने अप्ठ्यारो अवस्थामा अन्तरराष्ट्रिय मात्र होइन आन्तरिक उडानमा पनि निगमकै भरथेग छ ।

निगमको उड्डयन इतिहास

नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी जहाज भित्र्याएर लामो गन्तव्यमा उडान भरिरहेको छ । अघिल्लो वर्ष खरिद गरिएका दुई वाइडबडी जहाजले गत फागुन १९ गतेदेखि जापानको नारिता उडान शुरु गरेको थियो । यसैगरी दक्षिण कोरिया, साउदी अरब, अष्ट्रेलिया तथा चीनको बेइजिङ ग्वाङ्जाओलगायत गन्तब्यमा उडान विस्तार गर्ने योजना बनाइएको छ ।

सन् १९५८ जुलाई १ मा स्थापना भई २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको निगमले ६० वर्षे दौरानमा वाइडबडी ए ३३०–२०० सिरिजको जहाजमार्फत उडान भर्दै आएको छ । निगमले हाल अन्तरराष्ट्रिय उडानका नौ गन्तव्यमा उडान भर्दै आएको छ । हाल दुई वाइडबडी ए–३३० र दुई न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ ।

सन् १९६० मा जहाजको सङ्ख्या दोब्बर भयो । सन् १९७२ मा निगमले दुई वटा बोइङ र १९८७ मा थप दुई वटा बोइङ जहाज खरिद गरी आफ्नो शाखलाई थप मजबुत गराउँदै गयो । विसं २०४९/५० सम्म आइपुग्दा निगमले आफ्नो सेवामा निकै फड्को मारेको थियो । त्यतिबेला निगमसँग दुई वटा बोइङ, तीन वटा पिलाटस पोर्टर, तीन वटा एभ्रो र १० वटा ट्विनअटर गरी २० वटा जहाज थिए । तर चुस्त व्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेपलगायतका कारण निगम धराशयी अवस्थामा पुग्यो ।

निगमको इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम समय मान्ने गरिन्छ । त्यतिखेर गन्तब्य विस्तारको हिसावले निगमको फैलावट जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपेली मुख्य शहर लण्डन, पेरिस, जर्मनीको फ्रेयाङफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमान चालक (पाइलट) हरु प्रशस्त थिए । त्यतिखेर निगम दक्षिण एशियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रुपमा स्थापित थियो ।

बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्स

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कलाई हेर्दा नेपालमा विगत १० वर्षमा हवाई यात्रु आगमन दुई गुनाभन्दा बढी देखिएको छ । सन् २०१८ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा करिब ७२ लाख हवाई यात्रु आगमन भएको थियो । सन् २०२० मा यो सङ्ख्या ९० लाख पुग्ने अनुमान गरिएको छ । यो सङ्ख्यामा सबैभन्दा बढी निगमकै योगदान छ । अर्थात् सन् २०१८ मा नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा थियो ।

संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्जम स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको हो । निगमको वार्षिक प्रतिवेदनअनुसार सन् २०१८ मा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ र सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । निगमको उड्डयन इतिहासलाई गौरवका रुपमा लिइरहँदा यसको पछिल्लो आर्थिक अवस्था भने निकै कमजोर रहेको वास्तविकता देखिन्छ ।

यसरी देशलाई विपत् परेका बेला काम लाग्ने भएकाले पनि यो राष्ट्रिय ध्वजावाहकको संस्थागत सुदृढीकरण गरी प्रतिस्पर्धी बजारमा अब्बल बनाउनुपर्ने देखिन्छ । त्यसैले पनि सरकारले निगमको व्यवस्थापन सुधार र सेवालाई स्तरीकरण गर्न योजनाबद्ध कार्यक्रम अघि बढाएको छ ।

Advertisement
Advertisement

पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम सुधार्न समिति गठन गरी उक्त समितिको सुझावअनुसार काम थालिसकेको छ । सरकारले गठन गरेको पूर्वपर्यटन सचिव सुशील घिमिरे नेतृत्वको समितिले केही समयअघि निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको थियो ।–सिबी अधिकारी /रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top