एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड पुँजीगत लाभकर

१८ चैत ७६, मंगलबार
Share this
701shares

१८ चैत, काठमाडौँ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।
एनसेलले १२ औं पटकको बिक्रीको पूृँजीगत लाभकर बापतको दोस्रो किस्ता मंगलबार ठूला कर दाता कार्यालयको खातामा बुझाएको हो ।

Advertisement

ठूला कर दाता कार्यालयको खातामा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ दाखिला गरेको कार्यालय प्रमुख झलकराम अधिकारीले बताए ।कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । यो रकम १५ दिनभित्र बुझाउन ठूला करदाता कार्यालयले निर्देशन दिएको अधिकारीले बताए ।

Advertisement

किस्तामा तिर्ने सुविधा सरकारले दिएको छैन । एनसेलले पुसमा पूँजीगत लाभकर बापत्को रकम यो आर्थिक वर्षभित्र ५ किस्तामा बुझाउने सुविधा माग गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top