राष्ट्रिय मानवअधिकार आयोगले २ करोड सरकारलाई फिर्ता दिने

१८ चैत ७६, बुधबार

१८ चैत, काठमाडौँ ।

राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट रु दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ ।

आयोगले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमबाहेक अन्य कार्यक्रम स्थगन गरी उक्त रकम सरकारलाई फिर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

सरकारलाई फिर्ता गरिएको उक्त रकम कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग गर्ने गर्न आग्रह गरेको छ । उक्त भाइरसविरुद्ध प्रभावकारी रुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग पु¥याउन आयोगले सबै निकाय, नागरिक समाज, मानव अधिकारकर्मी, उद्योग व्यवसायी तथा निजी क्षेत्रलाई आग्रह गरेको छ ।

आयोगले सन्त्रास र सङ्कटको यस घडीमा राज्यका सबै निकायको सक्रियता, समन्वय र सहयोगात्मक भावनाको महत्व रहने विश्वास लिएको छ । साथै, आयोगले उक्त भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन गरिएको सरकारको निर्णयलाई पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top