नेपालमा ११ सय ३३ को कोरोना परीक्षण, नयाँ पोजेटिभ छैनन्

१९ चैत, काठमाडौँ ।
कोभिड १९ को आशंकामा बुधबार सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रनालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन ।

Advertisement

उनले कोरोना भाइरसका पोजेटिभ केस सग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए । उनले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिले सम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि बताए । डाक्टर देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भईसकेको र परीक्षणको क्रममा रहेको छ ।

डाक्टर देवकोटाले महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट टे«सिङ अत्यन्तै महत्वपुर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेर आवश्यकता अनुसार नमुना परीक्षण गर्ने गरिएको उल्लेख गरे । उनले धनगढीको कोरोना पोजेटिभको केसमा संकलित १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जानकारी दिए । कोरोना भाइरसको आशंका गरिएका ९९ जना अहिले काठमाण्डौ लगायत विभिन्न प्रदेशका आइसोलेसन वार्डमा उपचाररत रहेको जानकारी पनि डाक्टर देवकोटाले दिए ।

Advertisement

डाक्टर देवकोटाका अनुसार, काठमाण्डौ बाहिरको प्रयोगशाला विस्तारको काम तिब्र गतिमा भईरहेको छ । उनले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण भईरहेको , धरानमा १२ वटा नमुनाको परीक्षण रन भईरहेको तथा हेटौडामा बुधबार साँझ सम्म परीक्षणको काम सुरु हुने बताए । उनले अहिले सम्म मन्त्रालयको निशुल्क कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कलहरु आएको तथा गत २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भईसकेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top