डिजेल,पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

१९ चैत, काठमाडौं ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मट्टितेलको मुल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

Advertisement

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजल र मट्टितेलको खुद्रा विक्री मूल्य साविकको भन्दा १० रुपैयाँले घटाएको हो ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

Advertisement

समायोजन गरिएको मुल्य राती १२ बजेदेखि लागू हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top