भक्तपुरका दिदीबहिनीबाट हामी पनि केही सिक्ने कि ?

१९ चैत ७६, बिहीबार

१९ चैत, काठमाडौँ ।
कोभिड १९ अर्थात् कोरोना संक्रमणको त्राससंगै मुलुकभर माक्स अभाव भईरहेका बेला भक्तपुरका एकै परिवारका दिदीबहिनी मास्कको निशुल्क वितरणमा जुटेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अनिवार्य मास्क लगाउन चिकित्सकहरुले सुझाएसंगै मास्क अभाव र मास्कमा नै कालोबजारी गर्नेहरु बढेपछि सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलका मनसोभा सुवाल त्वातीका दिदिबहिनी मास्क बनाउने र वितरण गर्ने काममा जुटेका हुन् ।

सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलका मनसोभा सुवाल त्वाती, मिना कुमारी त्वाती, रिता त्वाती, अनिता त्वाती, रुदिशा त्वाती, आयुशा त्वाती, सायरा त्वाती लगायत महिला अहिले मास्क सिलाउने काममा व्यस्त हुन थालेका छन् । सबै ढोका लगाएर घर भित्रै बसिरहेका बेला त्वाती दिदीवहिनीहरु बिहान साँझ नजिकको र चिनजानको टेलरमा गई खेर गएका कपडा संकलन गर्ने र दिनभर मास्क बनाउने दैनिकी बनेको छ । कोही शिक्षक, कोही सिलाई बुनाई कोही विद्यार्थी त कोही गृहणी पेशाका उनीहरु हिजो आज माक्स बनाउने र निःशुल्क रुपमा वितरण गर्ने काममा व्यस्त भएका छन् । मनशोभा त्वाती देश पुरै लुक डाउन भएको र कसैलाई फोन गर्दा पनि मास्क लगाउनु, सेनिटाईजर वा सावुन पानीले हात धुनु भन्ने सन्देश सुन्नु तर बजारमा मास्क नपाईंनुबाट आफूमा मास्क नै बनाएर सबैलाई वितरण गर्नुपर्छ भन्ने भावना जागृत भएको बताउँछिन् ।

Advertisement

मनशोभा एकापरिवारका दिदिबहिनी बाट सुरु भएको मास्क बनाउने काममा सिलाई जानेका दिदीबहिनीलाई पनि संलग्न हुन पनि आग्रह गर्छिन् । उनी भन्छीन् “ हामी एकै परिवारका सदस्य हौं तथा चित्तपोल सामुदायिक अध्ययन सिकाई केन्द्रबाट सिलाई सिक्नुभएकाहरुलाई हामीले सम्पर्क गरि रहेका छौं र उनीहरुलाई पनि मास्क बनाउन आग्रह गरिरहेका छौं । हामीले खेर जाने टुक्रा कपडा एवं कपडा पसलमा सानो गजका कारण खेर जाने कपडा जम्मा गर्दै मास्क बनाउँदै वितरण गर्दै आएका छौं । चित्तपोल सामुदायिक सिकाई केन्द्रमा सिलाई वुनाई प्रशिक्षक समेत रहेकी मिना कुमारी त्वातीलाई मास्कमा भएको कालोबजारीको समाचार सुन्दा बनाउने चाहाना जाग्यो अनि युट्युवमा हेरेर बनाउन सुरु गरिन । मास्क बनाउने तरिका उनलाई सजिलो पनि लाग्यो । सामुदायिक सिकाई केन्द्रले मास्कमा लाग्ने इलास्टिक उपलब्ध गराउँछौं भने पछि उनी मास्क सिलाईको काममा संलग्न भईन् । मास्क लिनका लागि टोलबासीहरु कोही नछुटुन र नदोहोरिउन भन्नेमा उनी सचेत छन् ।

संकटको समयमा आफूले जानेको सिप प्रयोग गरी समाज र टोलवासीलाई केही गरौ भन्ने मनसायले मास्क बनाउने काममा लागेका बताउँछिन् रिता त्वाती । उनले मास्क बनाउन मिल्ने सुतिका एवं अन्य कपडा भए उपलब्ध गराउन पनि आग्रह गरिन् । उनले भनिन्“हामीले पनि यस्तो समयमा आफूले जानेको सिप प्रयोग गर्दै केही गर्न सक्छौ भन्दै हामी जम्मा भएर माक्स बनाउने की भन्ने कुरा भयो । ब्यवसायीक भन्दा पनि समुदायमा निःशुल्क वितरण गर्न पाए कती मज्जा आउला भन्ने हेतुले नै हामीले यो कामको थालनी गरेको हो । त्वाती दिदी वहिनीले आफूहरुले बनाएको माक्स नजिकको समूदायको भक्तपुर नगर भित्रका बृद्द बृद्दाहरुलाई समेत वितरण गर्दै आएका छन् । सबै भन्दा बढी माक्सको आवश्यकता बुढा बुढी तथा महिलाका लागि भएकाले त्यो वर्गलाई यी दिदिवहिनीले प्राथमिकतामा राखेका छन् । यी महिलाले अहिले सम्म १ हजार ५ सय बढी मास्क वितरण गरि सकेका छन् । एक मिटर कपडाबाट १५ वटा सम्म मास्क बन्ने उनीहरुले बताए । उनीहरुले दुवै तर्फबाट प्रयोग गर्न मिल्ने गरी मास्क बनाएको बताए । कपडा उपलब्ध गराएमा आफुहरुले जतिपनि मास्क बनाउन तयार रहेको उनीहरुले बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top