मेडिकल सामग्री लिन चीन उड्यो वाइडबडी विमान

२० चैत, काठमाडौं । कोरोना भाईरस संक्रमण परिक्षणका लागि आवश्यक पर्ने मेडिकल सामग्री खरिद प्रक्रियाका बिषयमा चौतर्फी आलोचना भएपछि नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले बुधबार ओम्नी ग्रुपसंग सम्झौँता रद्ध गरे लगत्तै व्यापारीहरुको अर्को समूहले सामान उपलब्ध गराउने भएका छन् । सामान लिनका लागि बिहिबार जहाज चीन उडेको छ ।

Advertisement

नेपाल वायूसेवा निगमको वाइडबडी (एयरबस ए (३३०) जहाज मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तर्फ उडेको छ । जहाज चार्टर गरि विहान ११ बजेर २६ मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको हो ।

सरकारले ओम्नी ग्रुपसंग सम्झौँता रद्ध गरे लगत्तै अन्य व्यापारीले चीनबाट मेडिकल सामग्री ल्याउन लागेका छन् । विहिवार गएको विमानले करीब ३० टन सामग्री ल्याउने बताइएको छ ।

Advertisement

अहिले ल्याउन लागिएको सामान मेडिकल सामग्री सप्लायर विशाल पण्डित समूहको भएको र उनको हस्पिटेक प्रालि सहित अरु केही कम्पनीले जम्मा गरेको सामग्री ल्याउन लागिएको हो ।

पण्डितले मेडिकल सामग्री ल्याउन लागेको कुरा संचार माध्यमसमक्ष स्वीकारेका छन् । ‘वाइड बडी विमानमार्फत विभिन्न व्यापरी मिलेर सामग्री ल्याउन लागेका जनाएका छन् । यो सबै साथीहरुले जम्मा गरेको सामान भएको र शुक्रवार विहान ४ – ५ बजेसम्म काठमाडौँ ल्याईपुर्याउने योजना रहेको जानकारी गराएका छन् ।

Advertisement

अब आउने मेडिकल सामग्रीमा फुल सेटपीपीई, एन-९५ मास्क र इन्फाइराइड थर्म्मिटर मुख्य प्राथमिकता दिइएको समेत जानकारी गराएका छन् । ओम्नी ग्रुपसंग सम्झौँता तोडने निर्णयसंगै केही उद्योगी व्यापारीले बजारमा मेडिकल सामग्री हाहाकार हुने हो कि भन्ने अनुमान गरे पनि व्यापार व्यवसायमा त्यस्तो नहुने कुराको पण्डितको समूहले प्रमाणित गरेर देखाउन लागेको व्यापारीहरुको धारणा रहेको छ ।

भुक्तभोगी स्वास्थ्य प्रशासक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने त्यस्तो नहुने तत्काल अर्को समूहसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गर्ने तयारी भैरहेको जानकारी गराएका थिए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top