दिल्लीको निजामुद्दीनमा आयोजित धार्मिक भेलाबाट आएकामध्ये ५२ जनालाई क्वारेन्टाइन

२० चैत, राजविराज । हालै भारतको राजधानी नयाँदिल्लीमा आयोजित मुस्लिम समुदायको धार्मिक भेलाबाट आएकामध्ये ५२ जनालाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा पठाएको छ । तीमध्ये शंकास्पद ८ जनाको स्वाबको स्याम्पल लिएर बिहीबार परीक्षणका लागि पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

निजामुद्दिन मस्जिदमा आयोजित तबलिकी जमातका सहभागीहरुमा कोरोनाको संक्रमण देखिएको र नेपाली नागरिक पनि त्यसमा सहभागी भएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयको सहयोगमा नेपाल प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।

स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दे भेलामा सहभागीहरु क्वारेन्टाइनमा नगएपछि बुधबार नै राजविराजलगायत विभिन्न स्थानबाट प्रहरीले उनीहरुको पहिचान गरी नियन्त्रणमा लिएको थियो ।

Advertisement

जिल्ला जनस्वास्थ्य प्रमुख यादवका अनुसार सप्तरीको बैरवास्थित क्वारेन्टाइनमा १७ जना, राजविराजमा ७ जना, तिलाठी कोइलाडीमा ८ जना, डाकनेश्वरीमा ५ जना, हनुमाननगरमा ८ जना र बोदेबरसाइनमा ७ जनालाई राखिएको छ । जमातबाट आएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भेलामा नेपालबाट सहभागी हुनेको संख्या यकिन नभए पनि ३३ जना नेपाली नागरिकलाई भने दिल्लीमै क्वारेन्टाइनमा राखिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

Advertisement

उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको तर रिपोर्ट भने आइनसकेको पनि दूतावासले जानकारी दिएको छ । भेलामा केही उतै बस्ने विद्यार्थी र केही नेपालबाट पनि सहभागी भएको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top