स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह

२१ चैत ७६, शनिबार

२२ चैत्र, राँझा ।
प्रदेश ५ नं. का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे आज नेपालगञ्जस्थित भेरी अस्पतालमा जानकारी लिँदै मन्त्री बरालले यो अकल्पनीय विपद्को बेला स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो योगदान गर्नुपर्नेमा जोड दिए ।

उनले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गर्न लागिपरेको बताउँदै न्यूनतम आवश्यक सामग्री व्यवस्था भइसकेको दाबी गरे ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकारले उच्च सावधानीपूर्वक काम गरिरहेको बताउँदै भने, “प्रदेश नं. ५ सरकारले दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, भैरहवा अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा स्थापना गरिसकेका छौँ, नपुगे मेडिकल कलेजका शिक्षण अस्पताललाई पनि खाली गरेर आइसोलेशनका रुपमा प्रयोग गरिनेछ ।”

बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले मन्त्री बराललाई जानकारी गराएका थिए ।(रासस)

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top