राहत लिएर विपन्नको घर पुगे राठी ग्रुप र डिपीएस स्कुल

२२ चैत ७६, शनिबार

२२ चैत,विराटनगर । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस(कोभिड–१९)को संक्रमण रोक्न नेपालमा लकडाउन जारी रहँदा दैनिकी ज्याला मजदुरी गर्नेको दैनिकी कष्टकर बनेको छ ।बिहान बेलुका काम गरेर हातमुख जोर्नेहरुको चुलामा आगो नबल्ने अवस्था आएपछि मनकारी ब्यक्ति तथा संघसंस्थाहरु घर–घरमै पुगेर राहत वितरण गर्न थालेका छन् ।

Advertisement

यसैक्रममा नेपालको ठूलो उद्योग घराना राठी ग्रुप इन्डिस्ट्रिज र दिल्ली पब्लिक स्कुल विराटनगरले विपन्न वर्गका परिवारका लागि संयुक्तरुपमा राहत वितरण गरेका छन् । शुक्रबार ६१ र शनिबार ८० गरी जम्मा १ सय ४१ विराटनगरका विपन्न परिवारलाई केही दिनलाई पुग्ने गरी खाद्य सामाग्री वितरण गरेको सो संस्थाले जनाएका छन् ।शुक्रबार विराटनगर–७ स्थित हरियाली टोलका विपन्न परिवारलाई र शनिबार विराटनगर–५ मा राहत सामाग्री वितरण गरिएको हो । राठी ग्रुपका सञ्चालक तथा दिल्ली पब्लिक स्कुल विराटनगरका डायरेक्टर अरुण राठी, संस्थाका कर्मचारी लगायत विभिन्न सक्रिय युवाहरु राहत सामाग्री लिएर घर–घर पुगेका थिए ।

Advertisement

कामबन्द भएपछि छाक टार्न समस्या भईरहेको बेला राहत सामाग्री घरमै आएपछि विपन्न परिवारहरुले खुसी ब्यक्त गरेका छन् ।विपन्न परिवारलाई केही दिनलाई पुग्ने गरी अत्यावश्यक सामाग्री उपलब्ध गराईएको राठी ग्रुपका सञ्चालक अरुण राठीले जानकारी दिए । उनले राहत वितरणलाई निरन्तरता दिने बताउँदै लक डाउन लम्बिए ती परिवारलाई थप राहत वितरण गरिने बताए ।

Advertisement

लक डाउनले काम ठप्प भएपछि दैनिकी चलाउन समस्या भएको भन्दै विपन्न परिवारले पूर्व मन्त्री तथा मोरङ–६ काप्रतिनिधि सभा सदस्य लालबाबु पण्डितलाई गुहारेपछि ती संस्थामार्फत राहत उपलब्ध गराईएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top