र्‍यापिड परीक्षण सुरु गर्ने विषयमा विधि र मापदण्डबारे आज निर्णय हुने

२३ चैत, धनगढी । कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसमेत बागलुङमा सुरु गरिने भनिएको र्‍यापिड परीक्षण सुरु गर्ने विषयमा आइतबार विज्ञहरुको टोलीले विधि र मापदण्ड निर्धारण गर्ने भएको छ ।

‘अहिले स्वास्थ्य सेवा विभागमा यसबारे विज्ञहरुको उच्चस्तरिय बैठक बसिरहेको छ’ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘बैठकको सुझावअनुसार र्‍यापिड परीक्षण सुरु हुने विभागबाट जानकारी प्राप्त भएको हो ।’ यो प्रक्रियाअन्तर्गत विभिन्न जिल्लाका क्वारेन्टाइन र घरमै सेल्फ क्वारेन्टाइनमा रहेका शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गरिने उनले जानकारी दिए ।

दक्ष स्वास्थ्यकर्मीको टोली खटाएर शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी प्रयोगशाला भएको ठाउँमा पुर्‍याएर परीक्षण गरिने डा. अवस्थीले बताए । ‘भारतबाट आएका हजारौं व्यक्तिहरुको परीक्षण गर्न सम्भव देखिदैन, वर्ष दिन बढी लाग्न सक्छ’ उनले भने, ‘अहिलेको अवस्थामा पनि परीक्षण गर्न प्रयोगशाला प्रयाप्त छैन ।’

Advertisement

उनका अनुसार गत बिहीबारदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालन भएको प्रयोगशालामा दैनिक १० जनाको मात्र परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । ‘बिहानैदेखि साँझसम्म काम गर्दा पनि १० भन्दा बढीको परीक्षण हुन सक्दैन,’ उनले भने । उनले हाल सेती अस्पतालमा विशेषज्ञ ४ जनासहित अस्पतालका ल्याब टेक्निसियनहरुको टोली परीक्षणमा संलग्न रहेको उनले बताए ।

क्षेत्रीय निर्देशक डा. अवस्थीले २ साता क्वारेन्टाइनमा रहेका र कुनै प्रकारको कोरोना संक्रमणको लक्षण नदेखिएकाहरुलाइ घर फिर्ता पठाउने विश्वव्यापी मापदण्ड रहेको बताए । ‘विश्व स्वास्थ्य संगठनको गाइडलाइन पनि यही हो’ उनले भने ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top