दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(रिपोर्ट नेगिटिभ)
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको पुष्टि / अन्य विरामीलाई आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई सरकारको आग्रह ।

२.(कोरोना कहर)
राष्ट्रिय प्रयोगशालामा कोरोनाका १५ सय २९ वटा नमुना परीक्षण/ चितवन र बुटबलमा पनि नमुना परीक्षणको अन्तिम तयारी /मुलुकभर १ सय १३ जना आइसोलेनमा / मन्त्रालयको मोबाईल एप्समा १५० जना रेडजोनमा ।

३.(विपत्तको सहयोग)
नेपाल भारत मानव विकास एवं मैत्री संघद्वारा सरकारलाई ३ सय थान व्यक्तिगत सुरक्षा सामाग्री सहयोग /संकटको बेला हिलो छ्याप्ने काम छोडी महामारी विरुद्ध हातेमालो गर्न सबैलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आव्हान ।

४.(परीक्षाको चटारो)
एसइई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डको भनाई / बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ देखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षा हुने ।

५.(सेनालाई नचलाउ)
कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय थप चर्चामा/ स्वास्थ्य सामग्री खरिद गर्न निर्देशन दिएपछि आफूविरुद्ध भइरहेको आलोचनालाई नजिकबाट अवलोकन गरिरहेको सेनाको भनाइ ।

६.(देउवाको पहल)
कोरोना भाइरसको संक्रमणविरुद्ध जुध्न एक भएर अगाडि बढ्न पूर्वप्रधानमन्त्रीहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह / कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन गम्भीर भएर अघि बढ्नेबारे टेलिफोन कुराकानी ।

७.(यात्रा गर्ने बहाना)
चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवाकाकड्भिट्टाबाट पक्राउ/काठमाण्डौदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा पुगेकाहरु मेडिकल काउन्सिलको दर्ता नम्बर मागेपछि फन्दामा ।

८.(भारतबाट आएकाहरुको खोजी)
भारतबाट फर्केका नागरिकमा कोरोनाको संक्रमण पाइएपछि बैतडीमा पनि ८५ जना नागरिकको खोजी सुरु /नागरिकको खोजी गरी क्वारेन्टाइनमा बसे नबसेको पत्ता लगाइने /ट्युबमार्फत महाकाली तरेर नेपाल फर्किरहेकालाई रोक्न सशस्त्र प्रहरी परिचालन ।

९.(सुदूरवासी त्रसित)
महाकालीमा ढुंगाको साँघु तरेर भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्दो/नाकाबाट नेपाल प्रवेश गर्ने बढ्न थालेपछि संक्रमणको जोखिम बढेको भन्दै स्थानीय त्रसित ।

१०.(दादुराको प्रकोप)
डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु /एक सय ५० भन्दा बढी बिरामी /लकडाउन सकिएपछि घुम्ती शिविर सञ्चालन गर्ने प्रशासनको तयारी ।

११.(स्वास्थ्य अधिकार खोई ?)
कोभिड–१९ बाट उत्पन्न परिस्थतिमा गम्भीर प्रकृतिका रोगहरूको उपचार अभाव तथा औषधि अपर्याप्तताका कारण बिरामीहरू समस्यामा पर्न थालेकामा मानव अधिकार आयोगद्वारा चिन्ता प्रकट /सबै नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई निर्देशन ।

१२.(मजदुरको बिचल्ली)
संघीय सरकारको दोहोरो चरित्रका कारण आफुहरुलाई काम गर्न समस्या भएको स्थानीय सरकारको गुनासो /चियाबगानले कि काममा आउन कि राजीनामा दिन दबाब दिदै जबरजस्ती हस्ताक्षर गराउदै काम लगाएको मजदुरहरुको गुनासो ।

१३.(पर्यटकको घर फिर्ती)
कोभिड१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३ सय ७० विदेशी नागरिक स्वदेश फर्किए /नेपालमा रोकिएका पर्यटकको यकिन विवरण आइनसकेको नेपाल पर्यटन बोर्डको भनाई ।

१४.(खेल पछि धकेलिए)
आगामी जुलाई महिनामा हुनुपर्ने टोकियो ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिएसँगै पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने /जुन महिनामा हुने तय भएका पुरुष र महिलाका अन्तर्रा्िष्ट्रय खेलहरु रद्द गर्न फिफाको पत्राचार ।

र,
१५.(कहिले रोकिएला यो संख्या)
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृतकको संख्या ६५ हजार ६ सय नाघ्यो / १२ लाख १५ हजार बढी संक्रमित / २ लाख ५३ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top