गोली हानी श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

२३ चैत ७६, सोमबार

२४ चैत्र, डोटी ।
डोटीमा एक महिलाको गोली हानी हत्या भएको छ ।

जोरायल गाउँपालिका ४ देउथलाकी २० वर्षीया अनिता वनको भरुवा बन्दुकले हानेर हत्या भएको प्रहरीले जनाएको छ । आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी अनितालाई उनका २२ वर्षीया श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ।

यद्यपि आरोपित खडक वनले भने नस्वीकारेको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले बताए। मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको थियो। मृतक अनिताको छातीको बीच भागमा गोली लागेको प्रहरीले जनाएको छ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टिको कोठामा घटना भएको र कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए।

अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आउँदा श्रीमती ढलेको अवस्थामा फेला पारेको उनले प्रहरीलाई बताएका छन्।

घटनाको समयमा खडककी आमा विपिनगर नन्दको घर गएको, बुबा गाउँकै माथिपट्टि रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ।

खडक वनलाई नियन्त्रणमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिं देउवाले जानकारी दिएका छन्।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top