नेकपा सचिवालय बैठक भोलि दिउँसो ४ बजे बस्ने

२४ चैत, काठमाडौं । कोरोना भारइस (कोभिड १९)को संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक भोलि दिउँसो ४ बजे बस्ने भएको छ ।

चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब परेको थियो ।

सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए । पछिल्लोपटक चैत ५ गते बैठक बसको थियो । त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन् ।

Advertisement

पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए । प्रवक्ता श्रेष्ठले ट्विट गरेर बैठक बोलाउन माग गरेका थिए ।

पार्टी सचिवालयका अन्य नेताहरुलेसमेत सचिवालय बैठक बोलाउन भन्दै दुवै अध्यक्षसँग आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top