२४ चैत, विराटनगर ।
कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि विपन्न परिवारलाई हातमुख जोर्न समस्या भएको छ । दिनभरी काम गरेर बिहान बेलुका छाक टार्न समस्या भएपछि ती विपन्न परिवारलाई सरकारले राहत वितरण गर्न सुरु गरेको छ ।
यस कार्यमा विभिन्न व्यक्ति तथा संघ संस्थाले पनि सहयोग गरिरहेका छन् । यसै बिच रोटरी क्लव अफ विराटनगर डाउन टाउनले राहत वितरणका लागि विराटनगर महानगरपालिकालाई १२ सय केजी चामल सहयोग गरेको छ ।
विपन्न परिवारलाई राहत वितरणका लागि उपलब्ध गराईएको सो सहयोग सोमबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको रोटरी क्लव अफ विराटनगर डाउन टाउनकी प्रिसिडेन्ट अर्चना तापरियाले जानकारी दिइन् ।
सो क्लवले विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।