नेकपाका सचिवालय बैठक आज बस्दै

२५ चैत, काठमाडौं । दबाबपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवालयको बैठक बोलाएका छन् । औषधी उपकरण खरिद प्रक्रियामा सरकारको निर्णय विवादित बनेसँगै नेकपाका सचिवालय सदस्यहरूले बैठक बोलाउनुपर्ने माग गरेका थिए ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलपछि सचिवालय मंगलबार सचिवालय बैठक बोलाइएको हो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले सचिवालय बैठक बोलाएको जानकारी दिएका हुन् ।

पछिल्लो पटक गत चैत ५ मा बसेको सचिवालय बैठक स्वास्थ्य सामग्री खरिद र सरकारका पछिल्ला निर्णयबारे पार्टीिभत्र निकै असन्तुष्टि बढेपछि तत्काल बैठक डाक्नुपर्ने माग रहेको थियो । लकडाउनका बीच सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पार्टी नेताहरूले सचिवालय बैठक बसाएर स्पष्ट बनाउन ओलीलाई आग्रह गरेका थिए ।

Advertisement

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएपछि नेताहरूले पार्टीमा स्पष्ट पार्नुपर्ने माग राखेका छन् ।

आज मंगलबार बस्ने बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि भइरहेका काम, औषधी उपकरण खरिद प्रक्रियामा विवाद र कोरोना भाइरसको बारेमा चाल्नुपर्ने कदमको बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top