NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी सोमवार असार ३० , २०८२
आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ? सोमवार असार ३० , २०८२
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

कोरोना महामारी: यस्तो छ अमेरिकामा नेपालीको अवस्था

शुक्रबार चैत्र २८ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
डिभीको नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ चैत, वाशिङ्टन डिसी ।

विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन् । यो सङ्क्रमणले १६ हजार अमेरिकीको ज्यान लिइसकेको छ । लगभग विश्वका नागरिककै बसोवास रहेको यस संयुक्त राज्यमा द्रुत गतिमा फैलिएको यो भाइरसको सङ्क्रमणले लगभग संसारका नागरिकमा नै चिन्ता छाएको छ ।

यो महामारीबाट अमेरिकामा बसोवास गर्ने नेपाली पनि नराम्ररी प्रभावित बन्न पुगेका छन् । यसबाट यहाँका नेपाली तथा नेपालमा रहेका उनीहरुका आफन्त पनि चिन्तित छन् । अहिलेसम्म अमेरिकामा रहेका करिब ५०० नेपालीभाषी वा नेपाली मूलका नागरिक सङ्क्रमित भएको अनुमान गरिएको छ । तर यो तथ्याङ्क कुनै अस्पतालबाट प्राप्त एवं स्वतन्त्र रुपमा पुष्टि भएको भने होइन । यहाँको नेपाली दूतावास, नेपाली समुदायका विविध सामाजिक सङ्घसंस्था, नेपालीको बसोवास रहेका विविध समुदाय आदिबाट प्राप्त तथ्याङ्कका आधारमा यहाँ करिब ५०० नेपालीमा सङ्क्रमण देखिएको अनुमान गरिएको छ ।

Advertisement

कोरोना भाइरसको यस प्रकोपका कारण अमेरिकामा स्थायी तथा अस्थायी बसोवास गर्दै आएका नेपालीहरुको दैनिकी गएका केही हप्तादेखि पूर्णरुपमा फेरिएको छ । अर्कातर्फ हरेक बिहान सूर्योदयसँगै नेपालमा रहेका आफन्तहरु कुनै अप्रत्यासित एवं दुःखद खबर सुन्नुपर्ने हो कि भनेर चिन्तित रहेको पनि बताउने गरेका छन् ।

अमेरिकी शहर न्युयोर्कको रिजउडमा विगत दुई दशकदेखि बस्दै र व्यवसायमा सञ्चालन गर्दै आएका वेद खरेल आफ्नो अमेरिका बसाइँको अवधिमा यस्तो होला भनेर कल्पनासमेत नगरेको बताउँछन् । खरेलले भने, ‘बिहान सबेरै उठेर आफ्नो व्यवसायको अनुगमन तथा सहयोगका लागि हिँड्नुपर्ने मेरो दैनिकी अहिले घरभित्रै बस्ने, साथीभाइसँग कुराकानी गरी नेपाली समुदाय तथा अमेरिकाको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्ने र परिवारसँग समय बिताउने भएको छ ।’ खरेलले अन्य न्युयोर्कवासी जस्तै विगत १४ दिनदेखि व्यवसाय पूर्णरुपमा बन्द गरेर घरभित्रै बसेका छन् ।

खरेलले भने, ‘न्युयोर्कमा नेपालीहरुको बसोवासको जनघनत्व बढी भएको ज्याक्सन हाइट, उडसाइड, सन्नि साइड क्षेत्रमा सङ्क्रमित नेपालीहरु हुनुहुन्छ तर उहाँहरु कतिजना हुनुहुन्छ भन्ने तथ्याङ्क हामीसँग छैन । यस विषयमा उही साथीभाइ र आफन्तबाट जानकारी लिने मात्र काम भएको छ ।’

ज्याक्सन हाइटकै सेरोफेरोमा रहेको एल्मष्र्ट हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीको चाप र कतिपयको मृत्युसमेत यही अस्पतालमा भएका समाचार आउने गरेका छन् । यो अस्पताल नेपालीको बढी बसाइँ रहेको क्षेत्रबाट नजिकै पर्छ । यसरी अमेरिकाको ‘इपिसेन्टर’ (मुख्य प्रभावित क्षेत्र) अहिले न्युयोर्क हो भने न्युयोर्कको पनि यो क्षेत्रलाई इपिसेन्टरका रुपमा लिइन्छ । त्यसकारण पनि यहाँ धेरै नेपाली सङ्क्रमणमा परे होलान् भन्ने धेरैको अनुमान छ ।

न्युयोर्कको क्विन्समा बस्दै आएका रुद्र मगर अमेरिका बस्न थालेको १३ वर्ष भयो । उनको हरेक हप्ताको व्यस्त दैनिकी र त्यो व्यस्तताले दिएको आर्थिक समृद्धि अहिले बन्दकोठामा सीमित छ । उनलाई अमेरिकामा १३ वर्ष बितेको थाहा भएन तर अहिले भन्छन्, ‘मलाई त अमेरिका आएको अस्ति जस्तो लागेको थियो तर समय निकै द्रुत गतिमा अगाडि बढेको रहेछ, अहिलेको अवस्थामा काम बन्द गरेर घरभित्रै बिताएको दुई हप्ताले धेरै पछि फर्किएर सोच्न बाध्य बनाएको छ, यो दुई हप्ता मलाई दुई वर्ष जस्तो लागिसकेको छ ।’ आफ्नो अमेरिका बसाइँमा यस्तो अत्यासलाग्दो अवस्था कहिल्यै महसुस नगरेको उनी बताउँछन् ।

लामो समयदेखि न्युयोर्क बस्दै आएका सामाजिक अभियन्ता सूर्य लम्साल कोरोना भाइरसका कारणले सङ्क्रमित भएका नेपाली अत्यधिक भएको र उनीहरु आफ्नो साथीभाइलाई समेत भन्न नरुचाउने कारणले तथ्याङ्क सङ्कलन गर्न कठिनाइ भएको बताउँछन् । यसले गर्दा आवश्यक मानिसलाई सहयोग गर्नसमेत नसकेको उनको भनाइ छ ।

अहिले यो महामारीमा सरकारी निकायबाट पाइने सुविधा कसरी लिन सकिन्छ भनेर सरकारी अधिकारीहरुसँग कुराकानी गर्दै आएको उनले बताए । लम्सालले भने, ‘हामीहरुले यहाँका जनप्रतिनिधिहरुसँग समेत छलफल गरेका छौँ र अप्ठेरोमा परेका नेपालीलाई के कसरी सहयोग गर्न सकिन्छ भनेर योजनाहरु बनाएका छौँ ।’

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा.सञ्जीव सापकोटा आगामी १० दिन कोभिड–१९ को कारणले अमेरिकामा असर गर्ने समयको उच्च समय भएकाले स्वास्थ्य विभाग र स्थानीय सरकारले जारी गरेका निर्देशनहरु पालना गर्न अनुरोध गर्छन् । यहाँका सरकारी स्वास्थ्य निकायहरुले यो अवधिलाई अमेरिकामै उच्च विन्दुमा पुग्ने समयका रुपमा लिएका छन् ।

एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले भने, ‘हामीहरुले समुदायमा अत्यावश्यक सेवा लिन चाहनेहरुलाई आर्थिक सहायता, स्वास्थ्य उपकरण र खाद्यान्नसमेत सहयोग गरिरहेका छौँ, यसका लागि हामीहरुको च्याप्टरले पनि समन्वय गरिरहेको छ ।’

न्युयोर्कमा बस्ने हरेक नेपालीले कुनै न कुनै रुपमा यो महामारी आफ्नो मानसपटलमा कैद गरेका छन् । कहिल्यै नसुत्ने शहरका रुपमा विश्वभर चर्चित न्युयोर्क शहरमा देखापरेको सन्नाटाबीचको त्रास व्यवस्थापन गर्न नेपाली समुदायलाई पनि उत्तिकै चुनौती रहेको छ । अहिले न्युयोर्क राज्यमा मात्र नभई अमेरिकाभर बसोवास गर्ने नेपालीको मनोवैज्ञानिक त्रास अत्यधिक रहेको छ । तसर्थ कतिपय मनोचिकित्सकले समेत उनीहरुलाई सहजीकरण गरिरहेका छन् । न्युयोर्कमा करिब ४० हजार नेपाली बसोवास गर्दै आएको अनौपचारिक तथ्याङ्क छ । न्युयोर्कवासी नेपालीहरु त्रास, सन्त्रास र छिटो यो महामारीको अन्त्य हुने विश्वासका साथ व्यग्रतापूर्वक दिनहरु व्यतित गरिरहेका छन् ।

न्युयोर्कमा बस्दै आएका एनआरएन न्युयोर्क च्याप्टरका सभापति रामहरि अधिकारीको दैनिकी पनि अहिले पूरै फेरिएको छ । अधिकारीसहितको २६ जनाको टोलीले अहिले बिरामी भएर अत्यावश्यक सामानसमेत खरिद गर्न नसकेको अवस्थामा रहेका नेपालीलाई सहयोग गर्दै आएको छ । ‘अहिलेसम्म हामीहरुले करिब १५० जनालाई अत्यावश्यक वस्तुहरु उपलब्ध गराएका छौँ, अरु संस्थाका साथीहरुले पनि यसैगरी सहयोग गर्नुभएको छ’, अधिकारीले भने ।

विश्वभर जनघनत्व बढी भएका शहरको नियतिजस्तै न्युयोर्कमा पनि सानो क्षेत्रफलको अपार्टमेन्टमा एक अर्कामा मिलेर बस्नुपर्ने बाध्यता छ । यो नियतिबाट न्युयोर्कमा बसोवास गर्दै आएका अधिकांश त अभ्यस्त भएका पनि छन् । तर महामारीका कारणले संयुक्त आवास प्रक्रियाको सकारात्मकभन्दा पनि नकारात्मक पक्षमा धेरैको ध्यान गएको भोगाई रहेको छ ।

एउटै अपार्टमेन्ट बस्ने ४ देखि ६ जनामध्ये कसैलाई कोरोना भाइरसको सङ्क्रमण भइहालेको अवस्थामा कोठामा एक्लै अर्थात् एकान्तवासमा राख्न पनि उत्तिकै समस्या रहेको छ । न्युयोर्कमा रहेका नेपालीको आकर्षक कमाइ हुने विषयमा विभिन्न एप्सअन्तर्गत गरिने कामहरु रहेका थिए । यस्ता एप्समा उपलब्धता देखाइएको अवस्थामा काममा जान पाइने नत्र आफूखुशी पारिवारिक, सामाजिक काममा सहभागी हुन पाइने हुन्थ्यो । ती काम नेपालीबीच आकर्षक पनि थिए । तर यस्तो काम मानिससँग प्रत्यक्ष भेटघाट गर्नुपर्ने र एक अर्काको दूरी ६ फिटभन्दा निकै कम हुने भएकाले पनि यस्तो काम कोरोनाका कारणले जोखिममा परेको हो ।

खासमा न्युयोर्कमा सङ्क्रमण बढ्नुको कारण मानिसबाट मानिसमा सर्ने यो भाइरस मानिसहरुको भीडभाड बढी हुने स्थानमा काम गर्नु, सार्वजनिक यातायातको उपयोग गर्नु र एउटै घर या अपार्टमेन्टमा बढी मात्रामा मानिस बस्ने गर्नाले हो । केही भने आफूलाई सङ्क्रमण भइसकेपछि समुदायमा अपहेलना झेल्नुपर्ला भनेर पनि थाहै नदिएर बसेका कारण सङ्क्रमित बढेको न्युयोर्कमा बस्दै आएकाहरुको भनाइ छ ।

यो आलेख तयार पार्दासम्म कोरोनाकै कारण नेपालीहरु अनिल लिम्बू, सोनाम लामा, थोक्मे विष्ट, अजयमान छोचुङ र निमा तेम्बा शेर्पाको निधन भइसकेको छ । यी दुःखद खबरहरुका बीच पनि कतिपय नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भए पनि उपचारपछि नेगेटिभ रिपोर्टका साथ अहिले आराम गरी बसिरहेका छन् । सङ्क्रमितमध्ये धेरै अहिले क्वारेन्टाइनको चौध दिनको बसाइँ पूरा गरी विस्तारै आफूलाई सङ्क्रमणबाट सुरक्षित बनाइरहेका छन् । तर अझै पनि आगामी १० देखि १४ दिनसम्म घरभित्रै वस्न स्थानीय सरकारी अधिकारीहरुले अनुरोध गरिरहेका छन् ।

अहिले न्युयोर्कमा कोरोना भाइरस कहाँबाट भित्रियो भन्ने खोजीनीति शुरु भएको छ । बुधबार मात्र प्रकाशित एक प्रतिवेदनले न्युयोर्कमा कोभिड–१९ को सङ्क्रमण युरोपबाट भित्रिएको देखाएको छ । न्युयोर्क विश्वको प्रमुख पर्यटकीय गन्तव्य भएका कारण विश्वका विभिन्न देशबाट दैनिक करिब एक लाख मानिस न्युयोर्क उत्रिने गरेको तथ्याङ्क रहेको छ ।

अमेरिकामा नेपालीहरुको बढी बसोवास रहेका स्थानहरु जस्तैः क्यालिफोर्निया, टेक्सास, मेरिल्याण्ड, कोलोराडो, न्यूजर्सी, न्यूह्याम्पसयर, कनेक्टिकट, भर्जिनियालगायतका राज्यमा कतिपयले घरबाटै काम गरिरहेका छन् । तर घरबाट नमिल्ने प्रकृतिका काममा रहेकालाई भने समस्या परेको छ । कतिपय प्रकृतिका काममा काम छोड्नुपर्ने अवस्था नरहे पनि कैयौँ नेपालीले भने काम छोडेरै बस्नु परेको अवस्था छ । अत्यावश्यक सेवाअन्तर्गत परेका पेशा तथा व्यवसायमा रहेका नेपालीले कामलाई निरन्तरता दिन पाइरहेका छन् । – मधुकर अधिकारी/रासस

लोकप्रीय

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२

विचार

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२

थप समाचार

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
अन्तर्राष्ट्रिय

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना
अन्तर्राष्ट्रिय

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
ताजा समाचार

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ?

सोमवार असार ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.