×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

कोरोना महामारी: यस्तो छ अमेरिकामा नेपालीको अवस्था

२८ चैत्र २०७६

२८ चैत, वाशिङ्टन डिसी ।

विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन् । यो सङ्क्रमणले १६ हजार अमेरिकीको ज्यान लिइसकेको छ । लगभग विश्वका नागरिककै बसोवास रहेको यस संयुक्त राज्यमा द्रुत गतिमा फैलिएको यो भाइरसको सङ्क्रमणले लगभग संसारका नागरिकमा नै चिन्ता छाएको छ ।

यो महामारीबाट अमेरिकामा बसोवास गर्ने नेपाली पनि नराम्ररी प्रभावित बन्न पुगेका छन् । यसबाट यहाँका नेपाली तथा नेपालमा रहेका उनीहरुका आफन्त पनि चिन्तित छन् । अहिलेसम्म अमेरिकामा रहेका करिब ५०० नेपालीभाषी वा नेपाली मूलका नागरिक सङ्क्रमित भएको अनुमान गरिएको छ । तर यो तथ्याङ्क कुनै अस्पतालबाट प्राप्त एवं स्वतन्त्र रुपमा पुष्टि भएको भने होइन । यहाँको नेपाली दूतावास, नेपाली समुदायका विविध सामाजिक सङ्घसंस्था, नेपालीको बसोवास रहेका विविध समुदाय आदिबाट प्राप्त तथ्याङ्कका आधारमा यहाँ करिब ५०० नेपालीमा सङ्क्रमण देखिएको अनुमान गरिएको छ ।

कोरोना भाइरसको यस प्रकोपका कारण अमेरिकामा स्थायी तथा अस्थायी बसोवास गर्दै आएका नेपालीहरुको दैनिकी गएका केही हप्तादेखि पूर्णरुपमा फेरिएको छ । अर्कातर्फ हरेक बिहान सूर्योदयसँगै नेपालमा रहेका आफन्तहरु कुनै अप्रत्यासित एवं दुःखद खबर सुन्नुपर्ने हो कि भनेर चिन्तित रहेको पनि बताउने गरेका छन् ।

अमेरिकी शहर न्युयोर्कको रिजउडमा विगत दुई दशकदेखि बस्दै र व्यवसायमा सञ्चालन गर्दै आएका वेद खरेल आफ्नो अमेरिका बसाइँको अवधिमा यस्तो होला भनेर कल्पनासमेत नगरेको बताउँछन् । खरेलले भने, ‘बिहान सबेरै उठेर आफ्नो व्यवसायको अनुगमन तथा सहयोगका लागि हिँड्नुपर्ने मेरो दैनिकी अहिले घरभित्रै बस्ने, साथीभाइसँग कुराकानी गरी नेपाली समुदाय तथा अमेरिकाको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्ने र परिवारसँग समय बिताउने भएको छ ।’ खरेलले अन्य न्युयोर्कवासी जस्तै विगत १४ दिनदेखि व्यवसाय पूर्णरुपमा बन्द गरेर घरभित्रै बसेका छन् ।

खरेलले भने, ‘न्युयोर्कमा नेपालीहरुको बसोवासको जनघनत्व बढी भएको ज्याक्सन हाइट, उडसाइड, सन्नि साइड क्षेत्रमा सङ्क्रमित नेपालीहरु हुनुहुन्छ तर उहाँहरु कतिजना हुनुहुन्छ भन्ने तथ्याङ्क हामीसँग छैन । यस विषयमा उही साथीभाइ र आफन्तबाट जानकारी लिने मात्र काम भएको छ ।’

ज्याक्सन हाइटकै सेरोफेरोमा रहेको एल्मष्र्ट हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीको चाप र कतिपयको मृत्युसमेत यही अस्पतालमा भएका समाचार आउने गरेका छन् । यो अस्पताल नेपालीको बढी बसाइँ रहेको क्षेत्रबाट नजिकै पर्छ । यसरी अमेरिकाको ‘इपिसेन्टर’ (मुख्य प्रभावित क्षेत्र) अहिले न्युयोर्क हो भने न्युयोर्कको पनि यो क्षेत्रलाई इपिसेन्टरका रुपमा लिइन्छ । त्यसकारण पनि यहाँ धेरै नेपाली सङ्क्रमणमा परे होलान् भन्ने धेरैको अनुमान छ ।

न्युयोर्कको क्विन्समा बस्दै आएका रुद्र मगर अमेरिका बस्न थालेको १३ वर्ष भयो । उनको हरेक हप्ताको व्यस्त दैनिकी र त्यो व्यस्तताले दिएको आर्थिक समृद्धि अहिले बन्दकोठामा सीमित छ । उनलाई अमेरिकामा १३ वर्ष बितेको थाहा भएन तर अहिले भन्छन्, ‘मलाई त अमेरिका आएको अस्ति जस्तो लागेको थियो तर समय निकै द्रुत गतिमा अगाडि बढेको रहेछ, अहिलेको अवस्थामा काम बन्द गरेर घरभित्रै बिताएको दुई हप्ताले धेरै पछि फर्किएर सोच्न बाध्य बनाएको छ, यो दुई हप्ता मलाई दुई वर्ष जस्तो लागिसकेको छ ।’ आफ्नो अमेरिका बसाइँमा यस्तो अत्यासलाग्दो अवस्था कहिल्यै महसुस नगरेको उनी बताउँछन् ।

लामो समयदेखि न्युयोर्क बस्दै आएका सामाजिक अभियन्ता सूर्य लम्साल कोरोना भाइरसका कारणले सङ्क्रमित भएका नेपाली अत्यधिक भएको र उनीहरु आफ्नो साथीभाइलाई समेत भन्न नरुचाउने कारणले तथ्याङ्क सङ्कलन गर्न कठिनाइ भएको बताउँछन् । यसले गर्दा आवश्यक मानिसलाई सहयोग गर्नसमेत नसकेको उनको भनाइ छ ।

अहिले यो महामारीमा सरकारी निकायबाट पाइने सुविधा कसरी लिन सकिन्छ भनेर सरकारी अधिकारीहरुसँग कुराकानी गर्दै आएको उनले बताए । लम्सालले भने, ‘हामीहरुले यहाँका जनप्रतिनिधिहरुसँग समेत छलफल गरेका छौँ र अप्ठेरोमा परेका नेपालीलाई के कसरी सहयोग गर्न सकिन्छ भनेर योजनाहरु बनाएका छौँ ।’

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा.सञ्जीव सापकोटा आगामी १० दिन कोभिड–१९ को कारणले अमेरिकामा असर गर्ने समयको उच्च समय भएकाले स्वास्थ्य विभाग र स्थानीय सरकारले जारी गरेका निर्देशनहरु पालना गर्न अनुरोध गर्छन् । यहाँका सरकारी स्वास्थ्य निकायहरुले यो अवधिलाई अमेरिकामै उच्च विन्दुमा पुग्ने समयका रुपमा लिएका छन् ।

एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले भने, ‘हामीहरुले समुदायमा अत्यावश्यक सेवा लिन चाहनेहरुलाई आर्थिक सहायता, स्वास्थ्य उपकरण र खाद्यान्नसमेत सहयोग गरिरहेका छौँ, यसका लागि हामीहरुको च्याप्टरले पनि समन्वय गरिरहेको छ ।’

न्युयोर्कमा बस्ने हरेक नेपालीले कुनै न कुनै रुपमा यो महामारी आफ्नो मानसपटलमा कैद गरेका छन् । कहिल्यै नसुत्ने शहरका रुपमा विश्वभर चर्चित न्युयोर्क शहरमा देखापरेको सन्नाटाबीचको त्रास व्यवस्थापन गर्न नेपाली समुदायलाई पनि उत्तिकै चुनौती रहेको छ । अहिले न्युयोर्क राज्यमा मात्र नभई अमेरिकाभर बसोवास गर्ने नेपालीको मनोवैज्ञानिक त्रास अत्यधिक रहेको छ । तसर्थ कतिपय मनोचिकित्सकले समेत उनीहरुलाई सहजीकरण गरिरहेका छन् । न्युयोर्कमा करिब ४० हजार नेपाली बसोवास गर्दै आएको अनौपचारिक तथ्याङ्क छ । न्युयोर्कवासी नेपालीहरु त्रास, सन्त्रास र छिटो यो महामारीको अन्त्य हुने विश्वासका साथ व्यग्रतापूर्वक दिनहरु व्यतित गरिरहेका छन् ।

न्युयोर्कमा बस्दै आएका एनआरएन न्युयोर्क च्याप्टरका सभापति रामहरि अधिकारीको दैनिकी पनि अहिले पूरै फेरिएको छ । अधिकारीसहितको २६ जनाको टोलीले अहिले बिरामी भएर अत्यावश्यक सामानसमेत खरिद गर्न नसकेको अवस्थामा रहेका नेपालीलाई सहयोग गर्दै आएको छ । ‘अहिलेसम्म हामीहरुले करिब १५० जनालाई अत्यावश्यक वस्तुहरु उपलब्ध गराएका छौँ, अरु संस्थाका साथीहरुले पनि यसैगरी सहयोग गर्नुभएको छ’, अधिकारीले भने ।

विश्वभर जनघनत्व बढी भएका शहरको नियतिजस्तै न्युयोर्कमा पनि सानो क्षेत्रफलको अपार्टमेन्टमा एक अर्कामा मिलेर बस्नुपर्ने बाध्यता छ । यो नियतिबाट न्युयोर्कमा बसोवास गर्दै आएका अधिकांश त अभ्यस्त भएका पनि छन् । तर महामारीका कारणले संयुक्त आवास प्रक्रियाको सकारात्मकभन्दा पनि नकारात्मक पक्षमा धेरैको ध्यान गएको भोगाई रहेको छ ।

एउटै अपार्टमेन्ट बस्ने ४ देखि ६ जनामध्ये कसैलाई कोरोना भाइरसको सङ्क्रमण भइहालेको अवस्थामा कोठामा एक्लै अर्थात् एकान्तवासमा राख्न पनि उत्तिकै समस्या रहेको छ । न्युयोर्कमा रहेका नेपालीको आकर्षक कमाइ हुने विषयमा विभिन्न एप्सअन्तर्गत गरिने कामहरु रहेका थिए । यस्ता एप्समा उपलब्धता देखाइएको अवस्थामा काममा जान पाइने नत्र आफूखुशी पारिवारिक, सामाजिक काममा सहभागी हुन पाइने हुन्थ्यो । ती काम नेपालीबीच आकर्षक पनि थिए । तर यस्तो काम मानिससँग प्रत्यक्ष भेटघाट गर्नुपर्ने र एक अर्काको दूरी ६ फिटभन्दा निकै कम हुने भएकाले पनि यस्तो काम कोरोनाका कारणले जोखिममा परेको हो ।

खासमा न्युयोर्कमा सङ्क्रमण बढ्नुको कारण मानिसबाट मानिसमा सर्ने यो भाइरस मानिसहरुको भीडभाड बढी हुने स्थानमा काम गर्नु, सार्वजनिक यातायातको उपयोग गर्नु र एउटै घर या अपार्टमेन्टमा बढी मात्रामा मानिस बस्ने गर्नाले हो । केही भने आफूलाई सङ्क्रमण भइसकेपछि समुदायमा अपहेलना झेल्नुपर्ला भनेर पनि थाहै नदिएर बसेका कारण सङ्क्रमित बढेको न्युयोर्कमा बस्दै आएकाहरुको भनाइ छ ।

यो आलेख तयार पार्दासम्म कोरोनाकै कारण नेपालीहरु अनिल लिम्बू, सोनाम लामा, थोक्मे विष्ट, अजयमान छोचुङ र निमा तेम्बा शेर्पाको निधन भइसकेको छ । यी दुःखद खबरहरुका बीच पनि कतिपय नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भए पनि उपचारपछि नेगेटिभ रिपोर्टका साथ अहिले आराम गरी बसिरहेका छन् । सङ्क्रमितमध्ये धेरै अहिले क्वारेन्टाइनको चौध दिनको बसाइँ पूरा गरी विस्तारै आफूलाई सङ्क्रमणबाट सुरक्षित बनाइरहेका छन् । तर अझै पनि आगामी १० देखि १४ दिनसम्म घरभित्रै वस्न स्थानीय सरकारी अधिकारीहरुले अनुरोध गरिरहेका छन् ।

अहिले न्युयोर्कमा कोरोना भाइरस कहाँबाट भित्रियो भन्ने खोजीनीति शुरु भएको छ । बुधबार मात्र प्रकाशित एक प्रतिवेदनले न्युयोर्कमा कोभिड–१९ को सङ्क्रमण युरोपबाट भित्रिएको देखाएको छ । न्युयोर्क विश्वको प्रमुख पर्यटकीय गन्तव्य भएका कारण विश्वका विभिन्न देशबाट दैनिक करिब एक लाख मानिस न्युयोर्क उत्रिने गरेको तथ्याङ्क रहेको छ ।

अमेरिकामा नेपालीहरुको बढी बसोवास रहेका स्थानहरु जस्तैः क्यालिफोर्निया, टेक्सास, मेरिल्याण्ड, कोलोराडो, न्यूजर्सी, न्यूह्याम्पसयर, कनेक्टिकट, भर्जिनियालगायतका राज्यमा कतिपयले घरबाटै काम गरिरहेका छन् । तर घरबाट नमिल्ने प्रकृतिका काममा रहेकालाई भने समस्या परेको छ । कतिपय प्रकृतिका काममा काम छोड्नुपर्ने अवस्था नरहे पनि कैयौँ नेपालीले भने काम छोडेरै बस्नु परेको अवस्था छ । अत्यावश्यक सेवाअन्तर्गत परेका पेशा तथा व्यवसायमा रहेका नेपालीले कामलाई निरन्तरता दिन पाइरहेका छन् । – मधुकर अधिकारी/रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top