२९ चैत्र, झापा ।
लागुऔषध ब्राउनसुगर सहित इलाम माई २ का ४३ बर्षीय कमल श्रेष्ठ र सुर्योदय २ का २८ बर्षीय संदिप राई पक्राउ परेका छन ।
शुक्रबार राती झापा मेचिनगर १० स्थित भित्रि सडकखण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाईकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।