२९ चैत, काठमाडौँ ।
सरकारले सातदिनयता कोरोनाभाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिनयता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए ।
उनले प्रत्येक दिन सात आठ सय भन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको बताए । यस्तै परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमाडौंको बिर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उनले बताए । प्रवक्ता देवकोटाले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण शुरु हुने बताए ।
अहिलेसम्म नेपालभर स्थानीयतह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेको उनले बताए । क्वारेन्टाइनमा बसेका सबैको ¥यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए । यस्तै अहिलेसम्म आइसोलेसनमा ८२ जना रहेको समेत प्रवक्ता देवकोटाले बताए । उनले तीन दिन यता ¥यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताए ।
उनले विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको १४ दिनभन्दा बढी भएको अवस्थामा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताए । यस्तै ७७ वटै जिल्लामा ¥यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए । यस्तै सरकारले सञ्चालन गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ३ हजार ४० जनाको जिज्ञासाको सम्बोध नभएको उनले बताए । चौबिस घण्टामा ५ जना रेड जोनमा परेको र अहिलेसम्म १ सय ८९ जना रेड जोनमा रहेको उनले बताए ।