×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

क्वारेन्टाइनमा बसेका भारतीय भन्छन्: ‘सबै सुविधा दिएर राखिएकामा हर्षित छौँ ’

२९ चैत्र २०७६

२९ चैत, भीमदत्तनगर ।

 डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आउनुभएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुगे । डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका उनीसहित २६ जनाको मजदूरको टोली कोभिड–१९को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी भएपछि यही रोकियो ।

स्थानीय प्रशासनको निर्णयमा भीमदत्तनगरपालिकाले खानपिनको व्यवस्था गर्ने गरी ती मजदूर सहित २९ जनालाई यहाँको बैजनाथ इन्जिनीयरिङ कलेजमा राखिएको छ । ‘राति यहाँ पुग्दा मनमा धेरै कुरा खेलिरहेको थियो ।’ सशस्त्र प्रहरीको सुरक्षा घेरामा बसिरहेका भारतीय नागरिक विश्वासले भने, ‘यहाँ सबै सुविधा दिएर राखिएकामा हामी हर्षित छौँ ।’

उनले बिहान, बेलुकी सँधै समयमै खाना मिल्ने गरेको जानकारी दिए । ‘हामीलाई बसोबास र खानपिनको कुनै समस्या छैन ।’ उनले भने, ‘भारतमा लकडाउन खुलेपछि यहाँबाट जान पाए हुन्थ्यो भन्ने छ ।’ विश्वासले आफू भारतमा रहेका परिवारसित नियमित सम्पर्क भइरहेको जानकारी दिए ।

‘डडेल्धुरामा पनि बस्नलाई केही समस्या थिएन ।’ उनले भने, ‘साग तरकारीका लागि हिँडेर गाउँ पस्ने अवस्था नदेखिएपछि घर जान हिँडेका थियौँ ।’ त्यसैगरी बुटवलबाट घर जान हिँडेका भारतीय मजदूर जस्मन्तकुमार पनि यही क्याम्पमा १० दिनदेखि आश्रय लिइरहेका छन् ।

‘हाम्रो स्वास्थ्य परीक्षण पनि नेगेटिभ आएको सुनिएको छ ।’ उनले भने, ‘यहाँ बसेका भारतीयमा कुनै खालको रोग, बिरामी छैन ।’ बुटवलमा यातायात चलिरहेका बेला आफू घर जान निस्केको बताए ।
‘सबै हिसाबले त सङ्क्रमण नहट्दा यही बस्न पाए हुन्थ्यो भन्ने हो ।’ उनले भने, ‘यत्तिको सुविधामा बस्दा पनि घरका अभिभावकले बोलाएर हैरान बनाएका छन् ।’

त्यसैगरी भारतको रामपुरकै सुकेन रायले आफूले यहाँको आरामदायी बसाइँले घरको तिर्सना मेटेको बताए । ‘यहाँको खानपिन र बसोबासका साथै वरिपरिको वातारणले आफ्नै घर जस्तो लागिरहेको छ ।’ उनले भने, ‘अहिले आफ्नै देशमा छु जस्तो लाग्दैछ ।’ उनले भारतीय नागरिक भनेर यहाँ कसैबाट कुनै प्रकारको विभेद र भेदभाव नरहेको बताए ।

‘सशस्त्र प्रहरीहरु साँझ बिहान हामीलाई समस्या छकी भनेर सोधपुछ गर्छन् ।’ उनले भने, ‘हामी स्वास्थ्यका हिसाबले पनि ठीक भइसकेको अवस्थामा हामीलाई भारत सरकारले पनि घर जाने वातारण मिलाइनिुपर्छ ।’

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बैजनाथ स्कुलमा २९ जना भारतीयलाई बसोबास र खानपिनको व्यवस्थापन तथा सुरक्षामा समेत ध्यान दिइएको जानकारी दिए ।

‘हामीले यस्तो महामारीको त्रासका बेला भारतीय नागरिकलाई कुनै खाले अभाव हुन दिएका छैनौँ ।’ उनले भने, ‘हाम्रा नागरिकलाई पनि भारतीय पक्षले सीमावर्ती बजारमा क्वारेन्टाइनमा राखेको छ ।’

उनले भारतीय नागरिकलाई विभिन्न स्थानबाट लकडाउनमा हिँडिरहेका बेला उद्धार गरेर स्कुलमा राखिएको जानकारी दिए ।

कैलाली र कञ्चनपुरमा गरी ७५ जना भारतीय नागरिक स्थानीय प्रशासनको निगरानीमा राखिएको छ । त्यसैगरी यहाँका इँटाभट्टा, सडक, विभिन्न स्थानमा काम गर्ने भारतीय मजदूर होम क्वारेन्टाइनमै बसेका छन् ।

कञ्चनपुरमा रहेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले कञ्चनपुरमा सिमानामा करिब ८० स्थानमा चेकपोष्ट खडा गरेको छ ।

भारतबाट लुकीछिपीसमेत आवागमन गर्न नपाउन् भनेर स्थायी बिओपी, अस्थायी पोष्टबाट आवश्यक सामग्री पु¥याउने सीमामा चेकपोष्ट खडा गरिएको सशस्त्र गणपति साहुले जानकारी दिए ।

‘सरकारले एक स्थानीय तहबाट अर्कोमा जान नमिल्ने र जिल्ला बाहिरसमेत आवागमनमा रोक लगाएपछि हामीले कञ्चनपुर र कैलालीको सीमा गजरौलामा पनि अस्थायी पोष्ट राखेर कडाइका साथ लकडाउन पालना गराइरहेका छौँ ।’ साहुले भने, ‘भारतमा रहेका नेपालीका विषयमा पनि भारतीय सीमा सुरक्षा बलसित आवश्यक समन्वय भइरहेको छ ।’

र्‍यापिट टेष्ट परीक्षणका ८०० भन्दा बढीको रिपोर्ट नेगेटिभ

सरकारले कोरोना भाइरस सङ्क्रमणको संवेदनशील मानिएको सुदूरपश्चिम प्रदेशका जिल्लामा ¥यापिट टेष्टबाट सङ्कलन गरिएका सबै नमूना टेष्टको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

र्‍यापिट टेष्टका लागि काठमाडौँ र प्रदेशका स्वास्थ्यकर्मी कैलाली र कञ्चनपुरका साथै यहाँका अन्य जिल्लाहरु रहेका क्वारेन्टाइन पुगेर नमूना सङ्कलन गरेका थिए ।

प्रदेश स्वास्थ्य आपत्कालीन केन्द्र डोटीका अनुसार सुदूरपश्चिमबाट र्‍यापिट टेष्टका लागि ८३९ जनाको नमूना सङ्कलन गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । त्यसैगरी हालसम्म सुदूरपश्चिममा पिसिआर प्रविधिबाट परीक्षणका लागि एक हजार ६९५ जनाको नमूना सङ्कलन गरिएको जनाएको छ । पिसिआर प्रविधिबाट सङ्कलितमध्ये हालसम्म चारजनाको पोजेटिभ, २५९ जनाको नेगेटिभ र १४३२ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

सेना र स्वास्थ्यकर्मीले सङ्कलन गरेको स्वाब र रगत नमूना परीक्षणका लागि काठमाडौँ लगिएको थियो । त्यसैगरी यहाँको सेती प्रादेशिक अस्पतालमा रहेको ल्याबमा पनि दैनिक १० जनाको नमूना परीक्षण हुँदै आएको छ । फराकिलो दायरामा सङ्कलन गर्न धनगढी पु¥याइएको उपकरण जडानमा ढिलाइ भएको छ । प्रयोगशालामा विद्युत् लाइन विस्तारलगायत आवश्यक सामग्री व्यवस्थापन नहुँदा चार दिनअघि ल्याइएको आरटिपिसिआर मेसिन जडान हुन नसकेको हो । ‘मेसिन भोलिसम्म जडान भएर सञ्चालनमा ल्याउने तयारी छ ।’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘नौ वटा जिल्लामा नमूना सङ्कलन भएर धमाधम परीक्षण हुँदैछ ।’

सुदूरपश्चिम प्रदेशमा भारतलगायत अन्य मुलुकबाट भित्रिएकालाई बस्नका लागि क्वारेन्टाइन पनि बढाउँदै लगिएको छ । हालसम्म सुदूरपश्चिम कैलालीमा एक हजार २१८, बैतडीमा एक हजार २६, बझाङमा ६३२, डोटीमा ५५७, कञ्चनपुरमा ५०८, डडेल्धुरामा ४६१, दार्चुलामा ४४१, बाजुरामा २२२ र अछाममा १९६ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । यहाँका क्वारेन्टाइनमा हालसम्म दुई हजार ५१३ जना बसिरहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी सुदूरपश्चिमका क्वारेन्टाइनमा ५६ जना बालबालिका समेत बसिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘बालबालिकाको पनि ¥यापिट टेष्टपछि रिपोर्टका आधारमा होम क्वारेन्टाइनमा पठाउने काम हुन्छ ।’ सम्पर्क व्यक्ति जोशीले भने, ‘भोलिसम्ममा रिपोर्ट आउँछ, सङ्ख्या थपघट हुँदै जान्छ ।’

क्वारेन्टाइनमा सबैभन्दा बढी डोटी जिल्लामा ३२ जना बालबालिका रहेका छन् । त्यसैगरी १२ अछाम, सात बाजुरा र चारजना बझाङमा क्वारेन्टाइनमा बसिरहेको जोशीले बताए । ‘निको भएकालाई होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइनेछ ।’ जोशीले भने, ‘सबैले सङ्क्रमणबाट बच्न सतर्कता अपनाउनु नै उत्तम विकल्प हो ।’

त्यसैगरी कोभिड–१९ डोटीका सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले दश वर्ष मुनिका ३२ जना बालबालिका रहेको बताए । ‘डोटीबाट ३३० जनाको नमूना सेनाले लगेको हो ।’ उनले भने, ‘सम्भतः आज बेलुकीसम्म फाइनल रिपोर्ट आउने सुनेको छु ।’ उनले बालबालिका भारतबाट बुबाआमासित आएको र सबै बालबालिकाको अवस्था सामान्य रहेको जानकारी दिए ।– शेरबहादुर सिंह/रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top