एनसेलको बाँकी रहेको पुँजीगत लाभकर भुक्तानी

३० चैत, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको सम्पूर्ण पुँजीगत लाभकर भुक्तानी भएको छ ।

Advertisement

एनसेलले बाँकी रहेको कर आजै बुझाएको हो । ठूला करदाता कार्यालयका अनुसार एनसेलले आज बाँकी रहेको १४ अर्ब ३३ करोड रुपैयाँ कर भुक्तानी गरेको हो ।

योसँगै अदालतको आदेशअनुसार बाँकी रहेको लाभकर बापतको सबै २३ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी भएको छ । यसमा ब्याज पनि जोडिएको छ ।

Advertisement

अन्ततः टेलियासोनेराबाट आजियाटामा स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको पुँजीगत लाभकरसम्वन्धी विवाद अन्त्य भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top