×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

कोरोना भाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव

३ बैशाख २०७७

३ बैशाख, सियोल ।
कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए ।

राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो ।

कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उनको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएको छ । खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ ।

“हामी अहिले कठिन मोडमा छौं, तर कोरोनाभाइरस र राजनीति दुई भिन्न कुरा हुन्,” सियोलको मतदान केन्द्रमा भेटिएका ५७ वर्षीय ली कुमले बताइन् । अर्की सियोल निवासी ४५ वर्षीया चुङ युन–योङले आफू मतदान केन्द्रमा लामो लाइनमा बस्नु नपरोस् भनेर बिहानै ६ बजे मतदान केन्द्रमा आइपुगेको बताइन् ।

“म कोरोनाभाइरसबाट निकै चिन्तित छु,” उनले भनिन् “अधिकारीहरुले मेरो शरीरको तापक्रम नापे र ग्लोब्स दिए । तर यहाँ मैले सोचेजति दिक्दारीलाग्दो अवस्था रहेनछ ।”

मतदान केन्द्रहरु रहेका सरकारी कार्यालयहरु र स्कुलहरुमा लामा लाइनहरु सर्पजस्ता देखिन्थे । यस चुनावमा ठूलो संख्यामा मानिसले मतदानमा भाग लिएको पाइएको छ ।

सरकारी अधिकारीहरुले आफूखुशी एकान्तबास (क्वारेन्टिन)मा बसेका योग्य मतदाता र करिब १३ हजार कोरोना संक्रमित व्यक्तिहरुलाई चुनावअघि नै मोबाइलबाट मतदानमा सहभागी हुन सक्ने भन्दै सन्देश पठाएका थिए । ज्वरो नआएका वा श्वास प्रश्वासमा समस्या नदेखिएका व्यक्तिलाई साँझपख ५।२० बजेदेखि ७ बजेसम्म मतदान केन्द्रमा आएर मतदान गर्न सक्ने सूचना दिइएको छ । अन्य व्यक्तिका लागि भने ५ बजेपछि मतदान गर्न नपाउने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा रहेका मतदातालाई ट्राकिङ एप्सको सहयोगमा अनुगमन गर्ने वा अर्को व्यक्तिको साथमा मतदान केन्द्रसम्म ल्याउने व्यवस्था गरिएको छ । यस्ता मतदातालाई एकअर्कासँग २ मिटरको दूरीमा राखिने प्रबन्ध गरिएको चुनाव अधिकारीहरुले बताएका छन् । चुनावमा खटिने व्यक्तिहरुले सुरक्षात्मक पोशाक लगाउने तथा प्रत्येक मतदाताले मतदान गरिसकेपछि मतदान स्थललाई सफाई गर्ने योजना बनाइएको छ ।

अस्पतालमा उपचारारत व्यक्तिले भने हुलाक मार्फत मतदान गर्न पाउने छन् । करिब ४०० जना सामान्य बिरामी व्यक्तिले भने अस्थायी आश्रयबाटै बिहानै मतदान गरिसकेका छन् ।

दक्षिण कोरियामा १० हजार ५९० जनाभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २२५ जनाको मृत्यु भएको छ । पछिल्ला साताहरुमा नयाँ संक्रमित व्यक्तिहरुको संख्या घट्न थालेको छ । तर निकै घनाबस्ती रहेको सियोलमा कोरोनाको संक्रमण फैलिने खतरा बढेको अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ ।

दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जाए–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ ।रासस / एपी

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top