अमेरिकामा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यु

४ बैशाख ७७, शुक्रबार

४ बैशाख, न्युर्योक।

अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ ।

त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ । कोरोना भाइरसबाट बिहीबार बिहानसम्म संक्रमित हुने ६ लाख ३७ हजार पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

Advertisement

अमेरिकामा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ । गएको २४ घन्टायता यहाँका २ हजार ४९४ जनाको संक्रमणबाट ज्यान गएको बताइएको छ । प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् । त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ । उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्दछ । त्यसपछि सबैभन्दा बढी प्रभावित हुने राज्य मिचिगन हो । उक्त राज्यमा अहिलेसम्म १ हजार ९२१ जनाको ज्यान गइसकेको छ । मिचिगनपछि म्यासाचुसेट्समा धेरै मानिस मरेका छन् । त्यहाँ १ हजार १०८ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन् ।

Advertisement

गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वका २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेको सो युनिभर्सिटीको तथ्यांकमा छ । त्यसैगरी यो भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।रासस / सिन्ह्वा

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top