दिल्लीको आदेश अझै नआउँदा भट्ट भारतीय क्वारेन्टाईनमै किरियामा

५ वैशाख, काठमाडौं । घरमा आमा बितेपछि भारतको धार्चुलास्थित बलुवाकोटको क्वारेन्टाइनमै कोरामा बसेका दार्चुला शैल्यशिखरका वासुदेव भट्टलाई घर फर्काउने प्रकृया नयाँदिल्लीमै अड्किएको छ ।

तीन दिनअघि आमाको मृत्यु भएपछि उनले अन्तिम संस्कार गर्न घर जान दिनुस् भनेर अनुरोध गरेका थिए । नेपाली अधिकारीहरूले उनको रोदन नसुनेपछि घरका जेठा छोरा उनले आमालाई दागबत्ती दिन पाएनन्। हिन्दु संस्कारअनुसार क्वारेन्टाइनमै कोरामा बस्न बाध्य भए ।

भट्टको घर र उनी किरियामा बसेको ठाउँको दूरी लगभग ५५ किलोमिटर जति रहेको छ । हिँडेर आउँदा पनि यो दूरी पार गर्ने तीन दिन लाग्दैन तर कोरामा बसेका वासुदेवलाई क्वारेन्टाइनबाट निस्कन कोसौं टाढाको नयाँदिल्लीले निर्णय गर्नु पर्नेछ । जुन निर्णय अझै दिल्लीबाट भइसकेको छैन ।

Advertisement

शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले भट्टलाई नेपाल ल्याउन पहल भइरहेको जानकारी दिए। उनले बुधबार नै जिल्ला प्रशासन कार्यालयमा उनलाई वारि ल्याउन पहल गरिदिन भनेका थिए ।

बुधबार नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढको डिस्ट्रिक म्याजिस्ट्रेटलाई पत्र पठायो। उक्त पत्रको जवाफ बिहीबारमात्रै आएको थियो ।

Advertisement

यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले पारिबाट अझै प्रक्रिया पूरा नभएको बताएको छ । डिस्ट्रिक्ट म्याजिस्ट्रेटले अनुमति दिए पनि नाका खोल्न भारतको गृह मन्त्रालयसँग अनुमति लिन पर्ने नाकामा रेहेका भारतीय सीमा सुरक्षा बलका कमान्डेन्टले बताएका छन् ।

वासुदेवसँगै क्वारेन्टाइनमा बसेका नेपालीहरूले आमा बित्दा पनि उनी घर जान नपाएको आक्रोश पोखेका छन् । यता नगरका प्रमुख धामीले वासुदेवलाई लिन जान आफू तयार रहेको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top