सरकारले जहाज चार्टर्ड गरेर ३४ जना चिकित्सकलाई सुदूरपश्चिम पठायो

५ वैशाख, काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड(१९) रोकथाम र नियन्त्रणमा खटिने ३४ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ ।

शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको हो । मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको बताए।

अहिले एमडिएमएस गर्ने सबैलाई सरकारले छात्रवृत्तिमा पढाउँछ। सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो।

Advertisement

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ३४ जनामध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने जानकारी दिए।

मन्त्री सुवेदीले अछाम, बैतडी, डडेलधुरा र दार्जुलामा तीनतीन जना र कैलालीको टीकापुर र बझाङ जिल्ला अस्पतालमा दुई(दुई जना चिकित्सक पठाइने बताए। चार जना चिकित्सकलाई भने कञ्चनपुरको महेन्द्रनगर खटाउने प्रदेशको तयारी छ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top