५ वैशाख, बिराटनगर ।
लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएको छ । विराटनगरस्थित कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएको हो । उनीहरुको पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएकोमा रिपोर्ट आउन बाँकी छ ।
उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।
उनीहरुको सुरुर्मा यापिड टेष्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो । शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । रिपोर्ट ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार विहान काठमाडौं पठाइएको छ ।शंकास्पदहरुलाई भने विरानगर ल्याउने तयारी छ ।