बारुद र गोलीसहित भरुवा बन्दुक बरामद

५ बैशाख ७७, शनिबार

६ वैशाख, दाङ ।
दाङमा सिकार गर्न प्रयोग गरिएको एक नाल भरुवा बन्दुक, बारुद र त्यसमा प्रयोग गरिने गोली वनको सुरक्षा गस्ती टोलीले बरामद गरेको छ ।

Advertisement

पश्चिम दाङको बबई गाउँपालिका वडा नं ७ हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने बारुद, २ थान सिसा गोली, १ थान गोली बेरिड, २ थान बेलनाकार बेरिङ बरामद गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सो क्षेत्रमा चोरी सिकारी हुने गरेको सूचनाका आधारमा शुक्रबार पुरनधारा सव डिभिजन वन कार्यालयबाट गएको वन गस्ति टोलीले सिकारीले प्रयोग गर्ने सामान बरामद गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

Advertisement

वन गस्ती टोलीलाई देखेपछि सिकारी बन्दुक फालेर भागेको हुनसक्ने प्रमुख ज्ञवालीले बताए । घटना लगत्तै डिभिजन वन कार्यालय दाङबाट गएको थप गस्ती टोली र पुरन्धारा सव डिभिजन वन कार्यालयको गस्ती टोलीले वन क्षेत्रमा खोजी गर्दा सिकारीले वन्य जन्तु मार्नका लागि लुक्न बनाएका छाप्रा समेत फेला पारेको गस्तीमा सहभागि सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।

लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरी तस्करी तथा सिकारका घटनाहरु बढ्न सक्ने भन्दै डिभिजन वन कायालय दाङले विभिन्न गस्ति समूह बनाएर वनमा परिचालन गरेको जनाएको छ ।

Advertisement

अत्यधिक जोखिमका साथ आठवटै सव डिभिजन कार्यालय स्तरवाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरवाट पुरै क्षेत्र गरि प्रभावकारी रुपमा गस्ति गर्ने कार्य भईरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सबैजसो कर्मचारीहरुलाई चरणवद्द रुपमा रात्री तथा दिवा सिफ्ट बनाई गस्ती भईरहेको र यसबाट वन संरक्षणलाई प्रभावकारी वनाउनुको साथै विभिन्न वन अपराधमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाईएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

वन गस्ती टोलीले लकडाउनको अवधिमा वन पैदावार चोरी तस्करी गर्न कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई पक्राउ गरेको छ । यस अवधिमा तीन वटा सवारी साधन र सयौँ क्यू फिट काठ समेत डिभिजन वन कार्यालयले बरामद गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top