एजेन्सी, चैत १४
चीनको ‘स्पेस स्टेशन’का अवशेष चाँडै पृथ्वीमा खस्ने बैज्ञानिकहरुले दावी गरेका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेको जनाईएको छ ।
तियाँगोंग चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । यसलाई सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको पहिलो हिस्सा मानिएको थियो । सन २०११ मा अन्तरीक्षमा पठाइएको उक्त स्टेशनले पाँच वर्षसम्म राम्रै काम गरेको थियो ।
पाँच वर्षमा काम गरेपछि पृथ्वीमा झर्ने अनुमान गरिएको थियो । अहिले कहाँ कुन समयमा झर्ने हो पत्ता लगाउन मुस्किल भएको छ किनकी अहिले यो यन्त्र नियन्त्रण बाहिर छ । एक अनुमानअनुसार ३० मार्चदेखि दुई अप्रिलसम्म यो यन्त्र जमीनमा झर्न सक्छ । धेरै स्पेस स्टेशन अन्तरीक्षमै जलेर नष्ट हुन्छन् ।