Nepal Times
Nepal Times
3
Shares

६ बर्षका छोरालाई आमाले आइरनले डामेपछि…

६ बर्षका छोरालाई आमाले आइरनले डामेपछि…

मोरङ – छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ ।

उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए ।

सरलाको ७ बर्षअघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएपछि छोराको जन्म भएको रहेछ । उनले भने, उनीहरुबीच सम्बन्ध विच्छेद भई छोरा आमासँगै बस्दै आएका हुन् ।

स्थानीय अन्नपूर्ण एकेडेमीमा अध्ययनरत बालकको शरीरमा नीलडाम देखेर शिक्षकले सोधपुछ गर्दा आमाले डामेको र ज्यान मार्ने धम्की दिँदै आएको रहस्य खुलेको बीसीले बताए ।

एकेडेमीले बालकका बुवा विक्रमलाई घटनाबारे जानकारी दिएपछि उनले जिल्ला प्रहरीमा उजुरी दिएका हुन् ।

प्रहरीले सरलामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । आजको कान्तिरपुको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.